तीन पालिकाको जेसिजमा आवद्ध सदस्यलाई तालिम

फागुन १० गते, बेलबारी । मोरङको बेलबारी ३ स्थित लालबित्तीमा बहु अध्याय संसद कार्य विधि प्रशिक्षण तालिम सम्पन्न भएको छ । बेलबारी जेसिज, रमाइलो जेसिज, लेटाङ जेसिजको आयोजनामा तालिम सम्पन्न भएको हो ।

तालिमलाई जेसि बिपिन आचार्यले सहजिकरण गरेका थिए । तालिम गर्नु को मुख्य उदेश्य बैठक कसरी गर्ने, एजेण्डा कसरी बनाउने भन्ने बारेमा सहजिकरण गरेका थिए । तालिममा ४० जना जतिको सहभागी रहेको थियो ।

जेसिजले नेपालको प्रतिनिधि सभामा बैठक कसरी बस्छन् भनेर प्रशिक्षण दिएको र जेसिजको तालिमबाट प्रतिनिधिसभाको बैठक गर्न सिकाएको जेसि दिपेन्द्र निरौलाले जनाए ।

तालिममा बेलबारी ३ का वडाध्यक्ष योगेन्द्र प्रसाद अधिअकारी उपस्थित रहेका थिए । बेलबारी नगरपालिकाले आगामी दिनमा जेसिजलाई आर्थिक रुपमा सहयोग गर्ने बताए ।

सम्बन्धित खवर