पथरी क्याम्पसको संचालक समितिमा दुईजना मनोनित

बैशाख २१ गते, पथरी । मोरङको पथरीशनिश्चरे १ मा रहेको पथरी बहुमुखी क्याम्पस सञ्चालक समितिको सदस्यमा बिन्दु राई र बेदनिधि खनाल मनोनित भएका छन् ।

बुधबार संचालक समितिको बैठकले राई र खनाललाई सदस्य मनोनित गर्ने निर्णय भएको क्याम्पस सञ्चालक समितिको अध्यक्ष रामकुमार बस्नेतले बताए । बेदनिधि खनाल शिक्षण पेशामा आबद्ध शिक्षक, राजनीतिक तथा सामाजिक ब्यक्ति हुन् भने विन्दु राई राजनीतिक तथा सामाजिक ब्यक्ति हुन् ।

त्यसैगरी पथरीशनिश्चरे नगरको निवर्तमान नगर प्रमुख दिलिपकुमार राईको संयोजकत्वमा पाँच सदस्यीय सल्लाहकार समिति चयन भएको छ । समितिको सदस्यहरुमा निवर्तमान उपप्रमुख यमुना बिष्ट, परशुराम कार्की, शिव तिम्सिना र रुपनारायण भट्टराई रहेको पाँच सदस्यीय सल्लाहकार समिति चयन गरिएको अध्यक्ष बस्नेतले जनाए । पथरी बहुमुखी क्याम्पसको १५ औं क्याम्पस सभा बैशाख २२ गते हुदैछ ।

सम्बन्धित खवर