मङ्लबार, कार्तिक १८, २०८२

कानेपोखरीमा ३४३ जनाले कक्षा १२ को परीक्षा दिर्दै

बैशाख २६, कानेपोखरी । देशभर कक्षा १२ को वार्षि परीक्षा आजदेखि सुरु भएको छ । बिहान ८ बजेदेखि सुरु भएर परीक्षा मध्याह्न १२ बजेसम्म चल्ने परीक्षामा मोरङको कानेपोखरीमा भने आन ८ ः४० बजे मात्र सुरुभएको थियो ।

कानेपोखरी गाउँपालिका क्षेत्रका परीक्षा केन्द्र अध्यक्ष पुष्प सुवेदीले प्रश्नपत्रको जीमेल ७ :३० बजे मात्र आएको कारण प्रिन्टि गर्दा ढीलो भएर परीक्षा ढिलो हुन पुगेको बताए । कानेपोखरी गाउँपालिका क्षेत्रको परीक्षा केन्द्र वडा नं. ७ को जनकल्याण माविमा रहेको छ । सोही समयमा प्रश्नपत्र आए जहिले परीक्षा आधा घण्टा ढिलो हुने केन्द्र अध्यक्ष सुवेदी बताउँछन् ।

परीक्षाको पहिलो दिन आज अंग्रेजी विषयको परीक्षा भएको थियो । पहिलो दिन गाउँपालिका उपाध्यक्ष भोला प्रसाद अधिकारीले परीक्षाको अनुगमन गरेका थिए । अनुमगनकै क्रममा उपाध्यक्ष अधिकारीले परीक्षा शान्त वातावरणमा भएको र दैनिक शान्त वातवरणमा परीक्षा गराउन सुझाव दिएका थिए । उहाँले परीक्षा समयमै गराउनको लागि आजै गाउँपालिकाबाट प्रिन्टरको व्यवस्था गरिदिने बताएका छन् ।

यसैविच आज नै कानेपोखरी गाउँपालिका अध्यक्ष राजमती इङ्नामले पनि परीक्षाको अनुमगन गरेका थिए ।

अहिले दुईवटा संस्थागत, ३ वटा सामुदायिक र १ वटा रमाइलो बहुमुखी क्याम्पस गरी जम्मा ६ वटा शैक्षिक संस्थाबाट ३ स ४३ जनाले कक्षा १२ को परीक्षा दिर्दैछ । जनसेवा मावि, रमाइलो बहुमुखी क्याम्पस, शिक्षा विकास मावि, श्रीमावि होकलाबारी, पर्ल ऐकेडेमी इङ्लिस स्कुल र पिनाकल ज्ञान मन्दिर स्कुलबाट छात्राछात्र सहभागी छन् । १४८ जना छात्र र १९३ जना छात्रा रहेका छन् ।

आजको परीक्षामा भने ३४१ जना मात्र उपस्थित रहेको र १ जना छात्रा र १ जना छात्र अनुपस्थित रहेकको सहायक केन्द्र अध्यक्ष कल्पना रिजालले बताइन् । ३४३ छात्रछात्रा मध्ये १७ जना जनसेवा माविको प्राविक विषय बालिबिज्ञान तर्फबाट रहेको थियो । विषय अनुसार परीक्षा दिने छात्रछात्रा भोली ३० जना भन्दा बढी बढ्न सक्ने रिजालले बताइन् ।

परीक्षामा देशभरबाट कूल ४ लाख ६७ हजार ३८९ विद्यार्थीले परीक्षा दिदै गरेको बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिए ।

परीक्षाका लागि देशभर एक हजार ४५७ परक्षा केन्द्र निर्धारण गरिएको छ । यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी हुने छन् । उनीहरूले जति विषयमा कम नम्बर आएको थियो सोही विषयको मात्र ग्रेड वृद्धि परीक्षा दिनुपर्नेछ ।

तीन वा सोभन्दा बढी विषयमा ‘नन ग्रेडेड’ ल्याएका विद्यार्थीले यो वर्ष पूरै विषयको परीक्षा दिनुपर्ने भन्दै सबै विषयको परीक्षा फारम भरिए पनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले लेटर ग्रेडिङ निर्देशिका, २०७८ संशोधन गरेसँगै अब नन ग्रेडेड (एनजी) ल्याएका विषयको मात्रै परीक्षा दिए पुग्ने भएको छ ।

बोर्डले लागू गरेको लेटर ग्रेडिङ प्रणालीअनुसार दुईभन्दा बढी विषयमा नन ग्रेडेड ल्याएका विद्यार्थीले पूरै विषयको परीक्षा दिनुपर्ने भन्ने थियो । यसो गर्दा गत वर्ष भएको ग्रेड वृद्धि परीक्षामा विद्यार्थीको सहभागिता घटेर ड्रप आउट हुने सम्भावना भएपछि मन्त्रालयले निर्देशिका संशोधन गरेको थियो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Nigranitimes.