पूर्व विद्यार्थीद्धारा विद्यालयमा स्मार्ट टिभी र ब्याग प्रदान

जेठ २, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका २ स्थित दलेलीमा रहेको शिक्षा विकास माविका २०५८ ब्याचका पूर्व विद्यार्थीहरुले विद्यालयमा सहयोग हस्तान्तरण गरेका छन् ।

सोमबार विद्यालयका प्रधानाध्यापक रुद्र निरौलालाई १ थान स्मार्ट टेलिभिजन हस्तान्तर र कक्षा १ र २ का विद्यार्थीलाई ब्याग वितरण गरेको हो । पूर्व विद्यार्थीहरुले ३४ हजार ५ सयको स्मार्ट टिभी र १२ हजार बराबरको किताव राख्ने ब्याग वितरण गरेका थिए ।

पूर्व विद्यार्थीहरु भागवन्ती राजबंशी, झरिलाल चौधरी, बिजय ऋषिदेब, लिला निरौला, कृष्ण पौडेलको नेतृत्वमा ब्याचका १५ जनाबाट रकम उठाएर सामान खरिद गरी हस्तान्तरण गरिएको विद्यालयका सहप्रधानाध्यापक सन्जीव खड्काले बताए ।

सम्बन्धित खवर