शनिबार, पुस १९, २०८२

किसानहरुले स्थानीय सरकारलाई १८ बुंदे माग सहितको ज्ञापन पत्र बुझाए

जेठ २२, कानेपोखरी । अखिल नेपाल किसान महासंघ कानेपोखरीले कानेपोखरी गाउँपालिकालाई १८ बुंदे ज्ञापन पत्र कार्यन्वयनको लागि बुझाएका छन् ।

सोमबार गाउँपालिका उपाध्यक्ष चेम्बरमा भेला भई उपाध्यक्ष भोला प्रसाद अधिकारी र प्रमुख प्रशासकीय अधिकृत बिष्णु थेगुवालाई ज्ञापन पत्र बुझाएका हुन । अखिल नेपाल किसान महासंघ कानेपोखरीले आर्थिक बर्ष २०८०/०८१ को लागि बजेट निर्माण कृर्षकको मागहरु पनि समेटिनु पर्नेमा ज्ञापन पत्रमा उल्लेख रहेको छ ।

ज्ञापन पत्र बुझ्दै उपाध्यक्ष अधिकारीले बजेट निर्माण गर्नु भन्दा अघि किसानहरुको यस्ता माग आउनु बजेट निर्माणमा सहजता आउने बताउँदै उनले यस अघि पालिकाले कृर्षकहरुको लागि खेती गर्न आधुनिक कृषिऔजार, उपकरण, दवाई छिट्ने मेसीन, मकै छोठ्याउने मेसीन, तोरी उत्पादन हौसलाको लागि बोरा बितरण, धानको बिउ, फलफुलको बिउ, बिभिन्न प्रकारका सागसब्जीको बिउ जस्ता कुराहरु प्रदान गर्दै आएको बताए । स्थानीय सरकारले दिएको उपकरणहरु कृर्षकहरुले प्रयोग गरेका छन् की छैन भन्ने मुख्य कुरो हो । गाउँपालिकाले बास्ताविक कृर्षक छुट्याउन र किसानको परिचयपत्र प्रदान गर्न तयारी गरिरहेको पनि उपाध्यक्ष अधिकारीले जनाए ।

ज्ञापन पत्र नगेन्द्र बस्नेतले पढीवाची गरेका थिए । किसानहरुको लागि तीन वटै सरकारले कृषी क्षेत्रमा गरेको लगानी अपेक्षा गरेअनुसारको नभएकोले कृषी क्षेत्रलाई आधुनिकरण बनाई कृषी क्षेत्रमा लगानी गरी ठोस निती तथा कार्याक्रमहरु कार्यन्वयनमा ल्याई आम किसानहरुको आयआर्जन, जिवीको पार्जन, रोजगारीको सृजना गर्नुपर्ने माग राखेका छन् । गाउँपालिकाको आर्थिक बर्ष २०८०÷०८१ को लागि बजेटमा किसानहरुको लागि कुल बजेटको १० प्रतिशत बजेट कृषी क्षेत्रमा विनियोजन गर्नुपर्ने ज्ञापन पत्रमा उल्लेख छ ।

किसानले लगाएको बाली र पालेको पशुपंक्षीहरुको अनिर्वाय निशुल्क विमा गरिनुपर्ने, किसानले उत्पादन गरेको कृषी उपजहरुको समथन मुल्य निर्धारण गर्दै उत्पादित बस्तुको बजार ग्यारेन्टी गर्नुपर्ने, प्रत्येक वडामा मासिक दुईपल्ट पालिकामा उपलब्ध भएका विज्ञहरुसँग कृषी छलफल चौतारी गर्ने व्यवस्था लगाएतका १८ वटा बुंदामा माग गरिएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Nigranitimes.