असार ११, कानेपोखरी । अस्थाई प्रहरी चौकी कानेपोखरीको परिसरमा दुर्गा मन्दिरको भवन उद्घाटन भएको छ ।
सोमबार प्रहरी चौकीको प्राङ्गणमा निर्मित मन्दिरको गाउँपालिका अध्यक्ष राजमती इङ्नामले उद्घाटन गरेका हुन । कार्यक्रममा अध्यक्ष इङ्नामले अस्थाई चौकीलाई स्थाई बनाउने पहल कदमी थालनी गरिने जनाइन् । उनीले संरचना संरक्षण घेराबारा भवन निर्माणमा पनि गाउँपालिकाले चासो राखेको बताइन् ।
मन्दिरको भवन ५ लाखको लागतमा निर्माण गरिएको मन्दिर निर्माण समितिका अध्यक्ष दिपक अधिकारीले जनाए । यस्तै कार्यक्रममा चौकी प्रमुख सूुर्य बहादुर कार्की लगायत १० हजार माथीका सहयोग दातालाई सम्मान गरेका थिए ।
कार्यक्रममा उपाध्यक्ष भोला प्रसाद अधिकारी, इलाका प्रहरी कार्यलय पथरीका डिएसपी लक्ष्मि भण्डारी, लगायतको उपस्थिति रहेको थियो ।