सोमवार, मंसिर १, २०८२

विद्यार्थी परिषदद्वारा संखुवासभाको क्याम्पसमा शैक्षिक सामग्री वितरण

असोज ९, संखुवासभा । प्राज्ञिक विद्यार्थी विद्यार्थी परिषद् नेपालले संखुवासभामा शैक्षिक सामग्री वितरण गरेको छ । सोमबार एक कार्यक्रमको आयोजना गर्दै परिषदले हिमालय किरण पब्लिक क्याम्पस खाँदबारीमा शैक्षिक सामग्री वितरण गरेको हो ।

भारतीय जनता र भारत सरकारको सहयोगमा उक्त क्याम्पसमा अध्ययनरत १२५ जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको परिषद्का कोशी प्रदेश सचिव पूजा ढुङ्गानाले जानकारी दिइन् ।

शैक्षिक सामग्री अन्र्तगत झोला, कपी, कलम, जमेट्री बक्स, अग्रेजी बोलचाल, प्रज्ञा शब्दकोष लगायत वितरण गरिएको प्रदेश सचिव ढुङ्गानाले जानकारी दिइन् ।

शैक्षिक सामग्री वितरण कार्यक्रममा कोशी प्रदेश अध्यक्ष प्रेम कार्की, प्रदेश सचिव पुजा ढुंगाना, कोशी र मधेष प्रदेश संगठन सचिव तथा केन्द्रीय विश्वविद्यालय कार्य प्रमुख छितराज न्यौपाने, जिल्ला समन्वय समिति प्रमुख सुमन शाक्य, क्याम्पस व्यवस्थापन समिति अध्यक्ष सुमन श्रेष्ठ, क्याम्पस प्रमुख मातृका तिमिल्सिना, विद्यालयका प्राचार्य डम्बर प्रसाद बाराकोटी, विद्यार्थी परिषद्का प्रमुख कार्यकर्ता एवम् क्याम्पसका शिक्षक कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Nigranitimes.