एकीकृत महिला स्वास्थ्य शिविरमा ५६ महिलाले निशुल्क स्वास्थ्य सेवा लिए

राजकुमारी तामाङ

२४ कात्र्तिक, कानोपेखरी । मोरङ कानेपोखरी गाउँपालिकामा दुई दिने निःशुल्क एकीकृत महिला स्वास्थ्य र स्वःहेरचाह मेला तथा स्वास्थ्य शिविरमा ५६ जना महिलाले स्वास्थ्य सेवा पाएका छन् ।

वडा नं. ३ मा महिला पुनःस्थापन केन्द्र(ओरेक)विराटनगरको आयोजनामा भएको शिविरमा पाठेघर खस्ने विरामीले सेवा लिएको हो । शिबिरमा सिनियर गाइनो डा. ऋतु चौधरीको टिमले सेवा दिएका थिए ।

शिविरमा ५६ जना मध्ये पाठेघर खसेको विरामी २१ जना, रिङ राखेको ९ जना र क्यान्सर १ जना देखिएका थिए । क्यान्सर भएका विरामीलाई डाक्टरले काठमाण्डौ जान सल्लाह दिएका थिए । त्यस्तै बाँकी यौन समस्या भएकोले औषधि दिएको र ७ जनालाई डाक्टरले विराटनगरको ठुलो अस्पताल जान सहल्लाह दिएका छन् ।

शिबिरमा गाउँपालिका अध्यक्ष राजमती इङ्नाम, उपाध्यक्ष भोला प्रसाद अधिकारी, कार्यपालिका सदस्य दुर्गा नेपाली, कार्यपालिका सदस्य पदम कुमारी कार्की, साउनी माझी, सुशिला श्रेष्ठ लगायतको उपस्तिथि रहेको थियो ।

शिविरमा प्राबिधिक सहयोग परिवार नियोजन संघ विराटनगर रहेको थियो । मोरङ कानेपोखरी गाउँपालिका र महिला पुनःस्थापन केन्द्र(ओरेक)विराटनगरको आयोजनामा शिविर सम्पन्न भएको थियो ।

 

सम्बन्धित खवर