कानेपोखरीका ७ जना पूर्व प्रधानाध्यापक सम्मानित

२१ मंसिर, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका क्षेत्रका सामुदायिक विद्यालयबाट विभिन्न समयमा अवकाश भएका ७ जना पूर्व प्रधानाध्यापकहरु सम्मानित भएका छन् ।

विहिबार सामुदायिक विद्यालय प्रधानाध्यापक समूहले सम्मान गरेको हो । पथरी शनिश्चरे–१, स्थित भुल्के सिमसारमा वनभोज सहितको भेलामा सामुदायिक विद्यालय प्रधानाध्यापक समूहले सम्मान गरेको थियो ।

सम्मानित हुनेहरुमा वडा नं. ६ स्थित जनसेवा माध्यामिक विद्यालयका पूर्व प्रधानाध्यापक दामोदर सिग्देल, वडा नं. ४ हात्तिडुवामा रहेको सूर्योदय आधारभूत विद्यालयका पूर्व प्रधानाध्यापक गंगाराम अधिकारी, वडा नं. १ होक्लाबारीमा रहेको सिद्धार्थ आधारभूत विद्यालयका पूर्व प्रधानाध्यापक रत्न बहादुर कार्की, वडा नं. ४ बयरवन बजारमा रहेको जनता आधारभूत विद्यालयका पूर्व प्रधानाध्यापक रमेश राउत, वडा नं. ५ चिसाङ्बस्तीमा रहेको जनता आधारभूत विद्यालयका पूर्व प्रधानाध्यापक विन्देश्वर रजक, वडा नं. २ कालिस्थानमा रहेको प्रेम लक्ष्मी आधारभूत विद्यलयका तेजबहादुर रायमाझी र वडा नं. १ होक्लाबारीमा रहेको श्रीमाध्यामिक विद्यालयका पूर्व प्रधानाध्यापक रामचन्द्र पण्डित रहेका छन् ।

उनिहरुलाई सम्मान पत्र, दोसल्लाह, मायाको चिनो र फूलको मालाले सम्मान गरिएको सिंहदेवी माविका प्रधानाध्यापक धर्मराज थापाले बताए ।

दामोदर सिग्देल २०८० मंसिर २०, गंगाराम अधिकारी २०८० मंसिर १५, विन्देश्वर रजक २०८० असोज १६, तेजबहादुर रायमाझी २०८० असोज २४, रामचन्द्र पण्डित २०८० असार १४, रमेश राउत २०७८ असोज २० गते र रत्नबहादुर कार्कीले २०७९ बैशाख ७ गते अवकाश भएका थिए । रत्नबहादुर कार्कीले स्वैच्छिक अवकाश लिएका थिए ।

२०७९ सालको स्थानीय निर्वाचनमा पूर्व प्रधानाध्यापक रत्नबहादुर कार्की वडा नं. १ का वडा अध्यक्षमा निर्वाचित भएका थिए भने पूर्व प्रधानाध्यापक रमेश राउत पनि वडा नं. ४ का वडा अध्यक्ष पदमा निर्वाचित भएका थिए । सम्मानित कार्यक्रमको सभापतित्व गंगाराम फुयलले गरेका थिए भने कार्यक्रम संचालन धर्मराज थापा(दिपक)ले गरेका थिए । साथै जनसेवा माध्यामिक विद्यालयमा नव नियुक्त प्रधानाध्यपक प्रमोद निरौलालाई कार्यक्रममा स्वागत गरेका थिए ।

सम्बन्धित खवर