माघ १ गते, विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङको अध्यक्षमा पुनः अमित ढकाल र वरिष्ठ उपाध्यक्षमा टि.एन. तिम्सिना निर्विरोध निर्वाचित भएका छन् ।
उदयपुरको त्रियुगा नगरपालिकाको बहेडुवामा शनिबार सम्पन्न भएको सातौं जिल्ला अधिवेशनबाट ढकाल अध्यक्षमा पुनः निर्विरोध निर्वाचित भएका हुन् । विराटनगरस्थित अर्किड कलेजका अध्यक्ष रहेका ढकाल यसअघि हिसान मोरङको अध्यक्ष भएर एक कार्यकाल सफलतापूर्वक चलाएका थिए ।
हिसान मोरङको वरिष्ठ उपाध्यक्षमा पुनः टिएन तिम्सिना निर्वाचित भएका छन् भने उपाध्यक्ष पुनः मोहनकुमार श्रेठ र गोविन्द निरौला, सचिवमा भेषराज नेपाल( भुवन), सह–सचिव भुपेन्द्र दाहाल र कोषाध्यक्षमा प्रदिप भगत निर्विरोध निर्वाचित भएका छन् । यस्तै सदस्यहरूमा त्रिलोचन गौतम, रोहत थपलिया, बसन्त मादेन, सुजन अधिकारी, राजेश खत्री, गुणानन्द महतो र विजयकुमार माझीलगयात निर्वाचित भएका छन् ।
हिसान मोरङको सल्लाहकारमा भरत दाहाल, डा. मनोज गुप्ता, ईश्वर रिजाल। दिनेश दाहाल र सकलदेव साहलाई आजै चयन गरिएको निर्वाचित अध्यक्ष ढकालले जानकारी दिए ।
कार्यक्रममा प्रमुख अतिथि हिसानका केद्रिय उपाध्यक्ष भेषराज पोखेल, केन्द्रिय सदस्य राजेश कार्की, प्रदेश अध्यक्ष ज्ञानबहादुर खडका र प्रदेश सचिव दिपेश बास्तोलालगायतले शुभकामना मन्तब्य ब्यक्त गरेक थिए ।
कार्यक्रममा स्वागत मन्तब्य हिसान मोरङका बरिष्ठ उपाध्यक्ष टि.एन. तिम्सिनाले र कार्यक्रम सन्चालन हिसान मोरङका सचिव गोबिन्द निरौलाले गरेका थिए ।