८माघ, पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको उपप्रमुख देवीमाया काफ्लेले जनतासँग उपमेयर कार्यक्रम अन्र्तगत पथरीशनिश्चरे वडा नं. ६ का अति विपन्न परिवारलाई न्यानो कपडा वितरण गरेका छन् ।
आज वडा नं. ६ को मुसहरघट्टा मुसहर बस्ती र गेलाबारीका ७६ जना बालबालिकाहरुलाई काफ्लेले न्यानो कपडा वितरण गरेका हुन । कपडा वितरण कार्यक्रममा वडा नं. ६ का वडा सदस्य शान्ता थापा, महिला तथा बालबालिका शाखाकी सृजना भट्टराईको सहभागिता रहेको थियो । न्यानो कपडा वितरण कार्यक्रम निरन्तर जारी रहेको उप–प्रमुख काफ्लेले जानकारी दिइन् ।