Warning: Constant DISALLOW_FILE_EDIT already defined in /home/nigaranitimes/public_html/wp-config.php on line 94
पथरीमा ५ दिने उद्घोषण तालिम सम्पन्न - Nigranitimes

पथरीमा ५ दिने उद्घोषण तालिम सम्पन्न

 

२१ माघ, पथरी । नेपाल आदिवासी जनजाति महासंघ पथरी शनिश्चरे–६ वडाकार्य समितिद्धारा आयोजित ५ दिने उद्घोषण तालिम समापन भएको छ ।

भातेगौडा स्थित धिमाल सामुदायिक भवनमा मंगलबारदेखि सुरुभएको उद्घोषण तालिम शनिबार समापन भएको हो । वडाका ३५ जना आदिवासी जनजातिका छोराछोरीले उद्घोषण तालिम लिएका थिए । तालिमलाई प्रशिक्षक अर्जुन जुम्मेली राई र केशव निरौलाले सहजिकरण गरेका थिए ।

आर्थिक वर्ष २०८०÷०८१ मा ६ नं. वडा कार्यालयबाट बजेट विनियोजन भएपछि तालिमको आयोजना गरिएको थियो । तालिममा ७० प्रतिशत महिलाहरु सहभागिता थिए । कार्यक्रममा बोल्ने क्रममा सहभागिहरुले उद्घोषण तालिमले नेतृत्व विकासमा परिवर्तन आएको बताउँदै यस्ता तालिम अझै १५ दिने सम्मको माग गरेका थिए । समापन कार्यक्रमको दिन सहभागिहरुले आआफ्नो जातीय पहिचानका पहिरन लगाएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि वडा नं. ६ का कृष्ण कुमार बस्तेतले आदिवासी जनजातिहरुको लागि यस्ता कार्यक्रम आगामी दिनमा पनि निरन्तर राखिन्दै जाने बताए । विशिष्ट अतिथि नेपाल आदिवासी जनजाति महासंघ पथरी शनिश्चरे नगर समन्वय अध्यक्ष देवेन्द्र वनेम, प्रमुख प्रशिक्षक नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) संघिय अनुसाशन आयोगका संयोजक अर्जुन जम्नेली राई, अतिथि नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) मोरङ अध्यक्ष दिनेश सुब्बा लिम्बुले शुभकामना मन्तव्य दिएका थिए ।

नेपाल आदिवासी जनजाति महासंघ पथरी शनिश्चरे–६ वडाकार्य समितिका अध्यक्ष अर्जुण कुमार श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रम सचिव रामकुमार धामीको संचालन रहेको थियो ।

 

 

सम्बन्धित खवर