२५ फागुन, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकाले वडा नं.–६ स्थित जनसेवा माविको प्राङ्गणमा भव्य श्रमिक दिवस मनाएको छ ।
शुक्रबार आयोजित कार्यक्रममा विभिन्न खेलको आयोजना गरी मनाइएको हो । कार्यक्रममा डोरितान, हन्डीफुटाई, नृत्य प्रतियोगिता, नाटक लगायत प्रतियोगिता रहेको थियो । कार्यक्रमको प्रमुख अतिथिमा पालिका अध्यक्ष राजमती इङनाम रहेका थिए भने विशिष्ट अतिथि पालिका प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादव रहेका थिए ।
कार्यक्रममा अध्यक्ष इङ्नामले महिलालाई पुरुष समान व्यवहार दिए मात्र हक अधिकारको सुनिश्चितता हुने बताइन् । उनीले सति प्रथा देखि अहिले महिलाको अवस्था बारे चित्रण समेत गरिन । उनीले पालिकाले ११ र १२ मा निःशुल्क शिक्षा दिइरहेको र ब्याचलरमा बुहारीहरुलाई निःशल्क शिक्षा दिरहेको बताइन् ।
वडा नं. ६ का वडाध्यक्ष खड्ग बस्नेत, कार्यपालिका सदस्य पद्यमा कुमारी गुरुङ पनि अतिथि रहेका थिए । कार्यक्रम सञ्चालन कार्यपालिका सदस्य सुशिला श्रेष्ठले गरेकी थिइन् । यस वर्ष कार्यक्रममा महिलामा लगानी सभ्य र समुन्नत समाजको थालनी भन्ने मूल नाराका साथ श्रमिक महिला दिवस सम्पन्न गरिएको छ कार्यक्रममा लुथरन ओरेक नेपाल लगायतको समेत साझेदारी रहेको थियो ।