दुर्गा माविका विद्यार्थीहरुलाई सहजिकरण कार्यक्रम सम्पन्न

दुर्गा नारायण खतिवडा
चैत १०, उर्लाबारी । लक्ष्मी सनराइस बेक उर्लाबारी शाखाले उर्लाबारी –३ स्थित मंगलबारेमा रहेको दुर्गा माविमा शुक्रबार ‘प्रोटेक्ट आवर मनी, सेक्युर युर फ्युचर’ नामक कार्यक्रम सम्पन्न गरेको छ ।

कक्षा ११, १२ र प्राबिधिक तर्फका शिभिल इन्जिनियरिङका विद्यार्थीहरु सहभागी रहेको कार्यक्रममा फजुल खर्च केकेमा हुन्छ र फजुल खर्च कम गरी बचत कसरी गर्ने, मासिक बजेटको उदाहरण र बचत संस्थाहरुको बारेमा उर्लाबारी शाखा व्यबस्थापक तारा खतिवडाले सहजिकरण गरेका थिए ।

बैंकका कर्मचारी दिपेस पराजुलीले डिजिटल बैंङकिङ, फिसिङ भनेको के हो ? फिसिङबाट कसरी बच्ने मनि मुल भनेको के हो ? अनाधिकृत वेबसाइट, फिसिङ इमेल र सामाजिक सञ्जालमा आउने गलत बिज्ञापनबाट कसरी बच्ने भन्ने विषयमा जानकारी दिए ।

उनले डिजिटल ठगी र ठगी विरुद्ध सचेतना बारे जानकारी दिदै अहिले भैरहेको सामाजिक सञ्जाल ह्याक गरि अन्य साथीहरुलाई आफु संग पैसा नभएको र आवश्यक परेको भन्दै म्यासेज पठाइ ठुलो रकम मागी मोबाईल बैंङकिङमा पठाउन लगाउने, इमेल पठाई आफ्नो खाता लगइन गर्न लगाउने र ठुलो धनरासी परेको भन्दै उक्त रकम पाउन आफुले सुरुमा केही रकम पठाउनु पर्ने जस्ता प्रलोभन देखाउने जस्ता अन्य धेरै तरिकाबाट ठगी गरेको पाइएको छ । यस्ता प्रलोभनमा नपर्न सचेत गराउदै खाता कसरी ह्याक हुन्छ, ह्याकिङबाट कसरी बच्ने, सुरक्षित क्युआर पेमेन्ट कसरी गर्ने र डेटा गोप्य कसरी राख्ने जस्ता बारेमा समेत बिद्यार्थीलाई जानकारी गराएका थिए ।

सम्बन्धित खवर