पथरीशनिश्चरे नगरमा प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप जेठ १२ गतेदेखि हुर्दै

१४ बैशाख, पथरी । पथरीशनिश्चरे नगरमा प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल गोल्डकप प्रतियोगिता जेठ १२ गतेदेखि हुने भएको छ ।

आयोजक पथरी—११ फुटबल क्लवले विहिबार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिता हुनेबारेमा जानकारी गराएका थिए । आगामी जेठ १२ देखि २१ गतेसम्म ‘प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण पथरीशनिश्चरे फुटबल गोल्डकप प्रतियोगिता—२०८१’ हुन लागेको हो ।

प्रतियोगितामा ‘ए’ भिडिजनको चार वटा क्लब सहित ९ वटा टिम र भारतको एक गरी जम्मा १० वटा टिम सहमागी हुने आयोजक समितिको संयोजक सुमन बिकले बताए । प्रतियोगितामा प्रथम हुने टिमलाई ४ लाख र दोस्रो हुने टिमलाई २ लाख नगद, ट्रफी र प्रमाण पत्र प्रदान गरिने आयोजक समितिको सचिव मणि लुम्फुवा लिम्बुले बताए । प्रतियोगिताका प्रथम ट्रफी ८० हजार र दोस्रो ट्रफी ६० को रहने आयोजकले जनाएको छ ।

पथरी शनिश्चे १ स्थित जाँते मोडको प्रस्तावित पथरी रंगाशाला सञ्चालन हुने प्रतियोगितामा खेल अवधिभर ५० हजार दर्शकले खेल अवलोकन गर्ने आयोजकले अनुमान लगाएको छ ।

कार्यक्रममा राजनितीककर्मी गणेश खड्का, स्थानीय युवा नेता विक्रम लिम्बू, समाजसेवी गीतकार गणेश थक्लुङ लिम्बूले शुभकामना दिएका थिए ।

पथरीशनिश्चरे नगरबाट खेलको बिकास गर्दै ‘ए’ भिडिजन क्लवमा खेलिरहेका फुटबलर साइमन लिम्बू, मिन धिमाल, पूर्ब खेलाडीहरु जोन सुब्बा, आयोजक समितिको कोषाध्यक्ष टाइवन राई, रोशन पराजुली, रोशन मादेम्बा लगायतको उपस्थिति रहेको थियो ।

गोल्डकप सम्पन्न गर्न ४० लाख ८५ हजार अनुमानि आम्दानी र खर्च विवरणसमेत प्रस्तुत भएको छ । पथरीमा यस अघि दुई वटा गोल्डकप फुटबल प्रतियोगिता र दुई वटा पथरीशनिश्चरे नगर स्तरीय फुटबल प्रिमियर लिग भएको थियो ।

सम्बन्धित खवर