परियोजना प्रस्ताव लेखन तालिम समापन

२१ जेठ, पथरी । नेपाल आदिवासी जनजाति महासंघ पथरीशनिश्चरे नगर समितिको आयोजनामा भएको पाँच दिने प्रस्ताव लेखन तालिम आइतबार समापन भएको छ ।

पथरीशनिश्चरे—१० स्थित सिरिजंङ्गा स्मृति धार्मिक वनको भवनमा भएको तालिममा काजिमान थिङले सहजिकरण गरेका थिए । सहभागीहरुलाई नगर उपप्रमुख देवीमाया काफ्लेको हातबाट प्रमाणपत्र प्रदान गरिएको थियो ।

समापन कार्यक्रममा किरात राई यायोक्खा संघीय उपमहासचिव अर्जुन जम्नेली राई, नेपाल पत्रकार महासंघ मोरङका कार्यबाहक अध्यक्ष मोहन भट्टराई लगायतको उपस्थिति रहेको थियो । महासंघको आयोजनामा ३० दिने सवारी चालक तालिम भइरहेको छ ।

सम्बन्धित खवर