शुक्रबार, अशोज ३१, २०८२

सुन्दरहरैंचामा ब्राउनसुगर सहित एकजना युवा पक्राउ

२३ जेठ, बेलबारी । मोरङ सुन्दरहरैचाबाट लागूऔषध ब्राउनसुगर सहित एकजना युवालाई प्रहरीले पक्राउ गरेको छ । वडा नं. ६ बस्ने बर्ष २६ का कमल मगरलाई लागूऔषध सहित सोमबार बेलुका ६ बजे
पक्राउ गरेको हो ।

घरमा लागु औषधको कारोबार भईरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरी सहायक निरिक्षक रोहित थापा मगर, प्रहरी चौकी गछियाबाट प्रहरी नायव निरिक्षक सुर्य बहादुर बस्नेतको संयुक्त टोलिले मगरलाई पक्राउ गरेको थियो ।

मगरको साथबाट प्लास्टिकमा पोका पारेको ब्राउनसुगर जस्तो देखिने ४.३० ग्राम खैरो धुलो, स्पास्पेन ९२ ट्याब्लेट, ट्रमाडोल २१० क्याप्सुल, डेकोलिङ ८६ ट्याब्लेट, स्पास्मो ३५ ट्याब्लेट, रेअल्मे मोबाइल १ थान, स्टिलको थाल १ थान, गाँजा काट्ने छिनो १ थान, गाँजा काट्ने काठको ओख्ली १ थान, र पर्स १ थान बरामद गरेको प्रहरीले बताएका छन् ।

इलाका प्रहरी कार्यालय बेलबारीका निरीक्षक तेज दाहालका अनुसार थप अनुसन्धानका भइरहेको जनाएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Nigranitimes.