बुधबार, बैशाख ३०, २०८३

कानपोखरीमा दुई निजी विद्यालय सतप्रतिशत, सामुदायिकमा जनसेवा अगाडि

३० वैशाख, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका क्षेत्रमा शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा एसईईमा ६६ प्रतिशत मात्र विद्यार्थी उत्र्तिण भएका छन् ।

बुधबार गाउँपालिकाले सार्वजनिक गरेको सूचनामा त्यस्तो नतिजा देखाएको हो । गाउँपालिका क्षेत्रमा दुईवटा निजी विद्यालयले सतप्रतिशत नतिजा ल्याएका छन् भने सामुदायिक विद्यालयमा जनसेवा मावि अगाडि रहेको छ ।

पिनाकल ज्ञान मन्दिर र माउन्ट हर्मन चिल्ड्रेन एकेडेमीबाट परीक्षामा सहभागी सबै विद्यार्थीहरू उत्तीण भएका हुन् । पिनाकलबाट ५६ जना र माउनट हर्मनबाट २८ जना सहभागि विद्यार्थीले एसईई पास गरेका हुन । सामुदायिक विद्यालयतर्फ जनसेवा माध्यमिक विद्यालयले ८४.०९% नतिजा ल्याएर आफूलाई अब्बल प्रमाणित गरेको छ.। सो विद्यालयबाट ८८ जना विद्यार्थी सहभागी भएकोमा ७४ जना उत्तीर्ण भएका छन् ।

यस्तै, रमाइलो बालजगत इङ्लिस बोर्डिङ स्कुलले ९२.५९ प्रतिशत, पर्ल एकेडेमीले ८८.८९ प्रतिशत र मकालु मोरङले ८७.५० प्रतिशत नतिजा हासिल गरेका छन् । अर्कोतर्फ, शिक्षा सदन माविले ७४.०७ प्रतिशत, सिंहदेवी माविले ५९.०२ प्रतिशत नतिजा ल्याएका छन् । यद्यपि, केही सामुदायिक विद्यालयहरूको नतिजा भने ३४ देखि ३८ प्रतिशतको बीचमा खुम्चिएको देखिन्छ ।

गाउँपालिका क्षेत्रभित्र उत्कृष्ट नतिजा ल्याउदै दिपक श्रेष्ठ गाउँपालिकाकै उत्कृष्ट विद्यार्थी भएका छन् । पर्ल एकेडेमी इङ्लिस स्कुलका दिपक श्रेष्ठले ३.९ जिपिए प्राप्त गर्दै गाउँपालिकाकै उत्कृष्ट विद्यार्थी बनेको हो । यस्तै, माउन्ट हर्मनका कृष्ण अधिकारीले ३.८६ जिपिए र पिनाकल ज्ञान मन्दिरका सक्षम राज थापाले ३.८३ जिपिए सहित उत्कृष्ट स्थान हासिल गरेका छन् ।

निजी विद्यालय ६ वटा र सामुदायिक ८ वटा गरी जम्मा १४ विद्यालयका ५६९ जना विद्यार्थी एसईई परीक्षामा सहभागि थिए । जस्मा ३७९ जना मात्र सफल भएका थिए भने १९० जना विद्यार्थी असफल भएका थिए । गाउँपालिका क्षेत्रमा ६६ प्रतिशत मात्र विद्यार्थी पास भएको देखिन्छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Nigranitimes.