
२९ वैशाख, पथरी । सहयोगापेक्षी सडकआश्रित मानवहरूको मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८३ को टोलीलाई पथरी शनिश्चरेका नगर प्रमुख मोहन प्रसाद तुम्वापोले पथरीमा स्वागत सम्मान गर्नुभएको छ ।
आज पथरी शनिश्चरेमा गायिका एवं समाजसेवी आनी छोइङ डोल्माको नेतृत्वमा २६ जना स्वयंसेवकहरू सहितको टोलीलाई नगर प्रमुख तुम्वापोले स्वागत सम्मान गर्नुभएको हो । यसैगरी सो कार्यक्रममा वडा नं. १ का वडाध्यक्ष भीम राई र वडा नं. २ का वडाध्यक्ष नैना राईले पनि मेची–महाकाली राष्ट्रिय उद्धार यात्राका टिमलाई स्वागत सम्मान गर्नुभएको थियो ।
यस बर्षात्को समयमा कसैले पनि सडकपेटीमा कष्टकर जीवनयापन गर्न नपरोस् भन्ने करुणामय भावनाका साथ ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा– २०८३’ को थालनी गरिएको आयोजक मानवसेवा आश्रमले जनाएको छ ।
वैशाख २७ गतेदेखि जेठ २२ गतेसम्म हुने यो अभियानको मेची पुलबाट औपचारिक शुभारम्भ भएको हो । विगत १३ वर्षदेखि सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्धारमा मानव सेवा आश्रयमले राज्यलाई पु¥याएको सहयोग महत्वपूर्ण रहेको बताइएको छ ।



