बैदेशिक रोजगारबाट घर आउनेको संख्या ७३ पुग्यो, घरघरमा ब्लिचिङ औषधि छिट्र्दै

चैत २६ गते, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकामा बैदेशिक रोजगारबाट घर आउनेको संख्या ७३ पुगेको छ ।
पालिकाको स्वास्थ शाखामा भएको बुधबार सम्मको तथ्याङ अुनसार सो बराबरको संख्यामा घर आएको हो ।


पालिकाका उपाध्यक्ष राजमती इङ्नामको नेतृत्वमा स्वास्थ शाखा संयोजक रोहिन्द्र कुमार राजभण्डारी र वडाध्यक्ष सुशिल बुढाथोकी सहितको प्राविधिक टोलीले बुधबार पनि विदेशबाट घर आएकोहरुको घरघरमा गएर स्वास्थ परीक्षण गरेका थिए ।

बुधबार वडा नं. २ र १ को घरघरमा गएर स्वास्थ परिक्षण गरेका थिए । विदेशबाट आएकोहरुको घर, आगनमा ब्लिचिङ औषधि पनि छिट्ने काम भइरहेको छ । कोरोना भाइरस संक्रमणबाट बच्न विदेशबाट आएकोहरुको घर, आगनमा ब्लिचिङ औषधि र स्वास्थ परीक्षण गर्नुपरेको उपाध्यक्ष राजमती इङ्नामले बताइन ।

सम्बन्धित खवर