सनम रोक्का
चैत ८ गते, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकामा ‘जातिय विभेद उन्मुलन र दलितहरुको अहिलेको अवस्था’ विषयमा एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
दलित जनअधिकार मञ्च नेपाल तथा कानेपोखरी महिला फेडेरेसनको संयुक्त आयोजना र कानेपोखरी गाउँपालिकाको सहयोगमा आइतबार वडा नं. ६ स्थित रमाइलो साकोसको सभाहलमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । ५६ औं अन्तर्राष्ट्रिय जातिय विभेद उन्मुलन दिवसको अवसरमा ‘जातियवाद विरुद्ध युवा, जातिय हिंसा र छुवाछुत विरुद्ध हामी’ भन्ने मुल नाराका साथ कार्यक्रम भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य माननीय खेम नेपालीले नेपालको संविधान २०७२ मा कुनै पनि सार्वजनिक एव निजी स्थान र क्षेत्रमा जातजातिकै नाममा विभेद, छुवाछूत व्यवहार गर्न नपाइने र गरेमा कानुनी कारवाही हुने स्पष्ट व्यवस्था रहेको बताए । तर, सार्वजनिक स्थल मठमन्दिर इत्यादि स्थलमा दलित भएकै कारण अपमानित हुनुपर्ने विडम्बना यथावत रहेको बताउँदै जातिय विभेद गर्नेलाई राज्य व्यवस्था अनुसार कडा कारवाही गरिने बताए ।
दलित जनअधिकार मञ्च केन्द्रिय अध्यक्ष शान्ती गजमेरले सन १८५४ को मुलुकी ऐन अनुसार नेपालबाट जातिय छुवाछूतको अन्त्य भएको घोषण भएपनी हालसम्म कार्यन्वयन भने हुन नसकेको गुनासो गरे । उनीले जातिय समनताको लागि १० बर्षे जनयुद्ध गरिएपनि सोच र व्यवहारमा एक प्रतिशत पनि कमि ल्याउन नसकेको कुरा बताइन ।
कार्यक्रममा अम्बर बहादुर पराजुली, वडाध्यक्ष खड्ग बस्नेत, नेकपा एमाले कानेपोखरी गाउँ कमिटि अध्यक्ष भोला अधिकारी, नेकपा माओवादी केन्द्रका कानेपोखरी संयोजक मनोज राजवंशीले मन्तव्य दिएका थिए ।