बैशाख ९ गते, धरान । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष महेन्द्रप्रसाद यादव धरानको एक होटलबाट पक्राउ परेका छन् ।
बुधबार साँझ धरान–१३ को डुकु होटलबाट उनी एक युवती सहित पक्राउ परेको प्रहरी स्रोतले जनाएको छ । स्रोतका अनुसार यौन गतिविधि गरिरहेका उनीहरुलाई इलाका प्रहरी कार्यालय धरानको टोलिले रंगेहात पक्राउ गरेको हो ।
गाउँपालिका अध्यक्ष यादव र युवती दुवैलाई इलाका प्रहरी कार्यालय धरानमा राखिएको छ ।