बयरवन बजारको पहिचान मेटिएको भन्दै अस्पतालको नाम फेर्न माग

बैशाख ३० गते, पथरी । वयरवनको पहिचान मेटिएको भन्दै मोरङको कानेपोखरी वडा नं. ४ मा रहेको ‘कानेपोखरी अस्पताल वयरवन’ लाई नाम पहिचान झल्कीने राख्ुपर्ने युवाहरुले माग राखेको छ ।

विहिबार युवा नेता मनोज राजवंशी र सन्तोष लिम्बुको नेतृत्वको युवाहरुले अस्पताल पुगी विरोध गर्दै पहिचान झल्कीने नाम राख्नु पर्ने माग राखेको हो । दिलिपकुमार शेर्पाको पनि उपस्थितमा ‘कानेपोखरी अस्पताल बयरवन’ लेखेको बोर्डलाई छोपेर उनिहरुले बोर्डमा मात्र होइन कागजमा पनि नाम सच्याउनुपर्ने बताएका थिए ।

वडा नं. ४ को वडाध्यक्षलाई भेटी अस्पतालको नामको बारेमा ध्यानाकर्षण गराएका थिए । वयरवन भनेको पुरानो पहिचान बोकेको बजार भएकोले यसको नाम बयरवन अस्पताल हुनुपर्ने सन्तोष लिम्बुले बताए । बयरवन अस्पताल भएन भने चरणबद्धरुपमा आन्दोलन गर्ने पनि उनले बताए ।

स्थानीयहरु हस्ताक्षर संकलन गरी आइतबार गाउँपालिकालाई ध्यानाकर्षण पत्र बुझाउने तयारी रहेको मनोज राजवंशीले बताए । वडाध्यक्ष धनबहादुर राईले यस विषयलाई गाउँपालिकामा छलफलको माध्यमबाट टुङ्ग्याउने बताए ।

 

 

सम्बन्धित खवर