बिहिबार, कार्तिक १३, २०८२

लायन्स क्लबद्धारा विपन्न वर्गका १० घर परिवारलाई राहत प्रदान

असार २० गते, रमाईलो । लायन्स क्लबले स्थापना दिवसको अवसरमा मोरङको कानेपोखरी गाउँपालिकामा विपन्न वर्गका १० घरपरिवारलाई राहत प्रदान गरेको छ ।

आइतबार वडा नं. ४ को बयरवन बजारमा एक कार्यक्रमको आयोजना गरी क्लबले राहत प्रदान गरेको हो । क्लबले प्रत्येक घरपरिवारलाई २५ केजीको १ बोरा चामल,२ केजी दाल, १ केजी चिनी, २ पोका तेल, हात धुने सावुन १ थान र लुगाधुने सावुन १ थान दिएको लायन्स क्लब अफ कानेपोखरीका प्रेसिडेन्ट उमेश पौड्यालले बताए ।

लायन्स क्लब अफ कानेपोखरी, लायन्स क्लब अफ पथरीे, लायन्स क्लब अफ पथरी योङ्ग हर्ट र लायन्स क्लब अफ पथरीशनिश्चरेको संयुक्त आयोजनामा कार्यक्रम भएको लायन्स क्लब अफ कानेपोखरीको सेक्रेटरी एविन पाठ्कले जनाए ।

प्रमुख अतिथि जिटिए एरिया लिडर लायन खगेन्द्र सिटौला, डिष्ट्रिक गर्भनर लायन रेवत कार्की, सेकेन भाइस डिष्ट्रिक गर्भनर लायन नरनाथ सापकोटा, रिजन चेयरर्पसन लायन रोषन बुढाथोकी, जोन चियर र्पसन लायन उपेन्द्र कडेल, चार्टर प्रेसिडेन्ट कुमार फुयल र लायन्स क्लब अफ कानेपोखरीका संस्थापक सदस्य तथा समाजसेवी भोला अधिकारी लगाएत कार्यक्रमा उपस्थित भएका थिए ।

स्वागत मन्तव्य रिजन चेयरर्पसन लायन रोषन बुढाथोकी, शुभकामना मन्तव्य डिष्ट्रिक गर्भनर लायन रेवत कार्की र जिटिए एरिया लिडर लायन खगेन्द्र सिटौला दिएका थिए । कार्यक्रम समापन लायन्स क्लब अफ कानेपोखरी प्रसिडेन्टले गरेका थिए भने उद्घोषण सेक्रेटरी एविन पाठकले गरेका थिए ।

 

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Nigranitimes.