असोज २३ गते, पथरी । मोरङको कानेपोखरी गाउँपालिमा जारी ६ नं. वडा अध्यक्ष कप फुटबल प्रतियोगिताको पहिलो चरणको अन्तिम दिनको खेलमा ७ नं. वडा विजय हुँदै सेमीफाइनलको यात्रा तया गरेको छ ।
शनिबार भएको खेलमा वडा नं. ६ लाई शुन्यको विरुद्ध १ गोल गर्दै वडा नं ७ सेमीफाइनलको यात्रा तया गरेको हो । वडा नंं ७ को तर्फबाट बिक्रम लिम्बुले लगाएको १ गोलले नै खेलको छिनोफानो गरेको थियो । वडा नं. ६ को तर्फबाट खेलाडीहरुले धेरै पटक गोल लगाउने प्रयास गरेता पनि गोल लगाउन असफल भएका थिए ।
खेलको म्यान अफ द म्याच वडा नं. ७ का अर्जुन राई घोषित भए । म्यान अफ द म्याचको पुरस्कार रमाईलो गृल उद्योगका संचालक दिपक राईले प्रायोजन गरेका थिए । खेलमा १ देखी ७ सम्मको वडा र आयोजक गरी जम्मा ८ टिम सहभागी भएका छन् ।
खेलमा पहिलो हुनेले नगद २५ हजार, ट्रफी, मेडल र प्रमाण पत्र र दोस्रो हुनेले नगद १५ हजार, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ । भोली आइतबार देखी दोस्रो चरणको खेल हुने भएको छ । दोस्रो चरणको खेलमा वडा नं. ३ र आयोजक बिच खेल हुने खेल संयोजक असोक फुयलले बताए ।