‘सवै जाति र धर्मको एकताबाट नगरको विकास हुने’

असोज ११ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिका उपप्रमुख यमुना विष्ट वास्तोलाले सवै जाति र धर्मको एकताबाट मात्र नगरको विकास हुने बताएका छन् ।

आइतबार वडा नम्वर ६ को शिव पञ्चायन मन्दिरको पाँचौं बार्षिक साधार सभामा उपप्रमुख वास्तोलाले सो कुरा बताएको हो । उनीले नगरको चौतर्फी विकासका लागि सवै पक्षको सहयोग आवश्यक पर्ने कुरा बताउँदै नगरले गरेका गतिविधिका बारेमा संक्षिप्त जानकारी गराए ।

उपप्रमुख वास्तोला संयोजक रहेको नगरको न्यायिक समितिमार्फत ४ नम्वर वडाको किर्तिपुर स्थित एक महिलालाई पुनःस्थापित गराइ स्थानीयको समन्वयमा व्यवसायिक कार्य थालनी गराउने काममा समेत उनीले सहजिकरण गरेकी थिइन ।

सम्बन्धित खवर