कानेपोखरीमा प्रदेश स्तरीय तेक्वाण्डो प्रतियोगिता आजबाट सुरु

कात्र्तिक २६ गते, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका–६, स्थित रमाइलोमा आजबाट १ नम्बर प्रदेश स्तरीय तेक्वाण्डो प्रतियोगिता सुरु भएको छ । कानेपोखारी आई.टी.एफ.तेक्वाण्डो डोजाङ्को आयोजनामा हुने तेक्वाण्डो प्रतियोगिता आजबाट सुरु भएर भोली समापन हुने भएको हो ।

‘स्वास्थ्यको लागि केलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराको साथ प्रतियोगिताको आयोजना गरेको आयोजक डोजाङ्गका अध्यक्ष युवराज भुजेलले बताए । प्रतियोगितामा मोरङ, सुनसरी, झापा, उदयपुर, धनकुटा, भोजपुर, इलाम, पाँचथर, ताप्लेजुङ्ग, तेह्रथुम र आयोजक डोजाङ्ग वीच प्रतिष्पर्धा हुदैछ ।

प्रतियोगिता पुरुष २० देखि ८० र महिला २० देखि ७० किलो तौल समूह वीच प्रतिष्पर्धा हुने प्रशिक्षक समेत रहेका आयोजक डोजाङ्गका अध्यक्ष भुजेलले बताए । खेलमा महिला, पुरुष गरी ३ सय ५० खेलाडी सहभागि भएका छन् ।

प्रतियोगितामा सवैभन्दा बढी स्वर्ण, कास्य र रजत प्राप्त गर्ने जिल्लाहरुलाई प्रथम, दोस्रो र तेस्रो घोषणा गरिनेछ । बिजेता, उपबिजेता र तेस्रो हुनेलाई क्रमस १०, ८ र ५ हजार नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

खेलाडीहरुलाई खाना, बस्न र यातायात सहित करिव सात लाख खर्च हुने आयोजकले बताइएको छ । खेलकुदको मध्यमबाट कानेपोखरीलाई चिनाउन, युवाहरुलाई अनुशासित, एकता भाव पैदा गर्न र खेल पर्यटनको बिकास गर्ने लक्ष्यको साथ प्रतियोगिताको आयोजना गर्न लागिएको कानेपोखरी डोजाङ्गका अध्यक्ष युवराज भुजेले बताए ।

 

सम्बन्धित खवर