असोज १ गते सम्म राष्ट्रिय परिचयपत्र ४ हजार ८ सयको विवरण संकलन

राजकुमारी तामाङ

असोज २ गते, बयरवन । कानेपोखरी गाउपालिकामा राष्ट्रिय परिचयपत्र वितरण संकलन अभियानमा असोज १ गते सम्म ४ हजार ८ सय ७४ जनाको विवरण संकलन भएको छ ।

भदौ २५ गतेबाट सुरु भएको राष्ट्रिय परिचयपत्र वितरण संकलन अभियानमा सो बराबरको विवरण संकलन भएको गाउँपालिकाले जनाएको छ । वडा नं. १ मा ५१६, वडा नं. २ मा ६०४ जना, वडा नं. ३ मा ६७६ जना, वडा नं. ४ मा ४६० जना, वडा नं. ५ मा ७५९ जना, वडा नं. ६ मा ८०४ जना र वडा नं. ७ मा १ हजार ५५ जनाको वितरण संकलन भएको हो ।

राष्ट्रिय परिचयपत्र तथा पंञ्जीकरण विभाग अन्तरगत कानेपोखरी गाउँपालिकाले ६ र ७ नं. वडामा ४÷४ जनाको दरले रुजु अधिकारी खटाईएको छ भने बाँकी वडामा ३÷३ जनाको दरले काम गरिरहेका छन् ।

राष्ट्रिय परिचयपत्र तथा पंञ्जीकरण विभाग अन्तरगत कानेपोखरी गाउँपालिकामा राष्ट्रिय परिचयपत्र वितरण संकलन अभियान सुरु गरेको हो । वडाका सवै जनप्रतिनिधिको उपस्थितमा वडा सचिव, रुजु अधिकारी, वडा कार्यालयबाट खटाईने दर्ता सहयोगीले राष्ट्रिय परिचयपत्र वितरण संकलन गर्र्दैछन् । वितरण तथा संकलन कार्यक्रमको सवै वडामा गाउँपालिका अध्यक्ष राजमती इङ्नाम र उपाध्यक्ष भोला प्रसाद अधिकारी अनुगमन् गरिरहेका छन् ।

राष्ट्रिय परिचयपत्र वितरण संकलनमा वडाका सवैले नेपाली नागरिकता प्रमाणपत्रको सकल प्रति, नागरिकतामा वैवाहिक सम्बन्ध नखुलेमा विवाह दर्ता प्रमाणपत्रको संकल प्रति, आफ्नो नागरिकतासँग ठेगाना फरक परेमा बसाईसराई दर्ता प्रमाणपत्रको सक्कल हुनुपर्ने छ ।

 

सम्बन्धित खवर