कानेपोखरी । मोरङको कानेपोखरी –६, स्थीत रमाइलोमा रहेको जनएकता बचत तथा ऋण सहकारी संस्थाले आफ्नो अर्ध बार्षिक समिक्ष गोष्ठी सम्पन्न गरेको छ ।
शनिबार भोजपुरको हतुवागडी गाउँपालिका स्थीत सिम्लेमा अर्ध बार्षिक समिक्षा गोष्ठी सम्पन्न गरेको हो । गोष्ठीमा साकोसको संचालक समिति, सल्लाहकार समिति, संस्थाका विभिन्न उपसमिति, कर्मचारीको ३१ जनाको टिम सहभागी थिए ।
गोष्ठीमा भाका नागेको ऋण उठाउँन समस्यामा भएको प्राथमिकताको साथ छलफल भएको थियो । भाका नागेको ऋणलाई कसरी उठाउने र उठाउन कसरी परिचालित हुने भन्ने विषयमा संचाकल समिति र कर्मचारीलाई सल्लाहकार समिति तथा उपसमितिले सुझाव दिएका थिए ।
त्यसैगरी संस्थाले ऋण लागाउन नसकेको सम्बन्धि पनि छलफल भएको थियो । संस्था एकिकरण, संस्थाका संचालक समिति र कर्मचारीले सेयर सदस्यहरुलाई गरिने व्यवहारको सुधार गर्नुपर्ने सुभाव दिएका थिए ।
कार्यक्रममा सल्लाहकार समितिका सदस्यहरु भेषनाथ रिजाल, दामोदर सिग्देल, दानबहादुर बस्नेत, सुनिलदत्त अधिकारी, लेखा संयोजक कुमार फुयल, लगाएतले सुझाव पेश गरेका थिए । त्यसैगरी सुझावलाई लिखित गर्दै संस्थाका अध्यक्ष भोला अधिकारीले संस्थाले गरेको र गर्न सक्ने कामहरुको बारेमा बताएका थिए ।
त्यसैगरी संस्थाका उपाध्यक्ष त्रिभूनाथ फुलयले पनि संस्थाको बारेमा कुरा राखेका थिए । कार्यक्रम सचिव अम्बिका अर्यालले संचालन गरेका थिए ।