मङ्लबार, जेष्ठ १९, २०८३

रमाइलो क्याम्पसले ३० औं बार्षिकोत्सव भव्यताकासाथ मनाउने तयारी

माघ १६ गते, केरौन । ग्रामिण क्षेत्रमा स्थापना भएको रमाइलो बहुमुखी क्याम्पस आउने बर्षको माघ १५ गते तीन दशक पुरा गर्र्दैछ । क्याम्पसले तीन दशक पुरा गरेको अवसरमा एक बर्ष पछि ३० औं बार्षिकोत्सव भव्यताका साथ मनाउने तयारी भएको छ ।

मोरङको कानेपोखरी–५, स्थित भौसाबारीमा स्थापित सो क्याम्पसले विहिबार २९ औं वार्षिकोत्सव मनाउँर्दै आफ्नो एक बर्ष भरीको कार्यक्रमहरु घोषणा गरेका थिए । क्याम्पस संचालक समिति, शिक्षक र जनप्रतिनिधिहरुले ग्रामिण क्षेत्रको क्याम्पसलाई उकास्न ‘सुदृढ क्याम्पसको एक वर्षे अभियान तथा ३० औं वर्षकोत्सव’ नारा लिएर मुल समारोह समिति, विभिन्न उपसमितिहरु गठन गरी काम सुरु गरिसकेको क्याम्पस संचालक समितिका अध्यक्ष दुर्गा बहादुर कार्कीले बताए ।

एकबर्ष भित्र विभिन्न क्षेत्रबाट आर्थिक सहयोग संकलन गरी भौतिक संरचना निर्माण गर्ने, क्याम्पसको स्मारिका प्रकाशन, प्राविधिक शिक्षा र विएड कक्षा संचालन गर्ने जस्ता कार्यक्रम पुरा गर्ने अध्यक्ष कार्कीले बताए ।

विहिबार २९ औं बार्षिकोत्सव गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्लेको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । उत्सवमा रक्तदान कार्यक्रम गर्नुका साथै विद्यार्थीलाई स्वागत र विदाईका साथै छात्रवत्ति प्रदान गरिएको थियो । कार्यक्रममा बिबिएस प्रथम बर्षका विद्यार्थीलाई स्वागत गरिएको थियो भने बिबिएस चौथो बर्षकालाई विदाई गरिएको थियो ।

त्यसैगरी कक्षा ११ र १२ का विद्यार्थीलाई तीन हजारका दरले छात्रवृत्ति प्रदान गरिएको थियो । त्यसैगरी बिबिएस दोस्रो र तेस्रो बर्षमा अध्ययनरत विद्यार्थीलाई ५ हजार रुपैयाका दरले सम्मान गरिएको थियो । छात्रवृत्ति लागि क्याम्पसमा वडा नं.२, ३ र ५ ले प्रत्येक वर्ष रकम दिदै आएको छ ।

त्यसैगरी खेलकुद सप्ताहमा विभिन्न विद्यामा प्रथम, द्धितीय र तृतीय हुने छात्रछात्रालाई पूर्व क्याम्पस प्रमुख तुलाराम गुरुङ मार्फत मेरीड लिगल कन्टलट्यान्सीमार्फत ३० हजार बराबरको पुरस्कार वितरण गरिएको थियो । क्याम्पसको आगामी कार्ययोजना र प्रगती विवरण क्याम्पस प्रमुख टिकाराम खरेलले प्रस्तुत गरेका थिए ।

कार्यक्रममा ४० पिन्ट रगत संकलन भएको थियो । कार्यक्रमको सभापती विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गाबहादुर कार्की रहेका थिए भने विभिन्न राजनितिक दलका प्रतिनिधि, वडाध्यक्षहरु, पूर्व विद्यार्थीहरु, पूर्व क्याम्पस संचालकहरु उपस्थित रहेका थिए ।

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Nigranitimes.