मृत्यु भएको ६ महिना पछि गायत्रीको काजक्रिया

मोरङ । कानेपोखरी–४, स्थीत हात्तिडुव्वाका ४५ बर्षिय गायत्रीप्रसाद निरौलाको मृत्यु भएको पहिचान भएपछि निरौला परिवारले १३ दिने काजक्रिया गरिदिएका छन् । गाउँबाट हराएको ६ महिना पछि गायत्रीको खोलाले बगाएर मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीले प्रमाण सहित दिएपछि परिवारले काजक्रिया गरिदिएको हो ।

 

गायत्रीप्रसाद प्राय घरमा नबस्ने कहिलेकाहि मात्र घर आउने र गाउँघरमा डुल्दै हिड्ने,बस्दै हिड्ने भएकोले गाउँघरमा नदेखिएपछि खोजतलाख गरिएको छिमेकी नगेन्द्र बस्नेतले बताए । खोजतलास गर्ने क्रममा गायत्रीको बुबा रामप्रसा निरौला सहित छिमेकी रंगेली इप्रका पुगेपछि प्रहरीले उतिबेला खिचेर राखेको फोटो हेरेपछि पहिचान भएको थियो । उनले लगाएको हातमा डोरो, कट्टु र लुगाले पहिचान भएको खोज्ने क्रममा रंगेली पुगेका छिमेकी बस्नेतले बताए ।

निरौला परिवारले मृतकको कुसको लास बनाएर सयौं मलामी सहित डाँस खोलामा लगी चित्ता बनाई संस्कार अनुसार जलाएका थिए । जलाएकै दिन देखि एकमात्र छोरा सुरेश निरौलाले बाबुको १३ दिने क्रिया बारेका थिए । मृतकका एक छोरा सुरेश र एक छोरी सविना मात्र रहेको छ । छोरी पनि विवाह गरी गएका छन् । मृतक गायत्रीप्रसाको श्रीमती हिमा गौतम १२ बर्ष अघि छोराछोरी र श्रीमानलाई त्यागी दोस्रो विवाह गरेका छिमेकी नगेन्द्र बस्नेतले बताए । मृतक गायत्री रामप्रसाद निरौलाका माइलो छोरो हो । जम्मा ४ जना दाजुभाई रहेको छ ।

गत असार २७ गते साँझ ४ बजे अविरल बर्षाको कारण कानेपोखरी–२, दलेली स्थीत कानेपोखरी–रंगेली सडक अन्तरगत गेउरिया खोलाले बगाएर गायत्रीको मृत्यु भएको थियो । कानेपोखरी गाउँपालिका र रंगेली नगरपालिकालाई छुट्याउने सिमानाको गेउरिया खोला तर्ने क्रममा गायत्रीलाई खोलामा आएको बाढीले बगाएको थियो ।

उतिखेर ४ दिन लगातार पानी परिरहेको थियो । जताततै जलमग्न थियो । चप्पल बोकेर खोला तर्दै गर्दा बगाएको खोला हेर्न आएको सवैले देखेका थिए । मान्छे बगाएपछि हल्ला,खल्ला भयो । रमाइलो प्रहरी चौकीका प्रहरी पनि त्यहाँ पुगेका थिए । स्थानीय धेरै भेला भएका थिए । रात पर्ने क्रम थियो । पानी पनि परिरहेको थियो । जताततै जलमग्न भएको कारण खोज्ने आट कसैले गरेनन ।

उतिखेर त्यहाँ देख्नेले भन्र्दै थिए, हात्ति डुब्बा, विहिबारेको मान्छे बगाएको भन्र्दै थिए । प्रहरीले र स्थानीयले धेरै खोजि गर्दापनि कोही पत्ता नलागे पछि प्रहरीले तीन दिन पछि गाड्ने काम गरेका थिए । गायत्रीप्रसादको लासलाई बगाएको ४ दिन पछि १ किलोमिटर सोही खोलाको किनारमा सानो रुखमा अल्झीएको अवस्थामा स्थानीयले भेटेका थिए । स्थानीयले भेटेपछि रंगेली प्रहरीलाई खवर गरिदिएका थिए ।

सम्बन्धित खवर