Warning: Constant DISALLOW_FILE_EDIT already defined in /home/nigaranitimes/public_html/wp-config.php on line 94
रेडस्टारको बार्षिक उत्सवमा सांस्कृतिक कार्यक्रम तथा पुरस्कार वितरण - Nigranitimes

रेडस्टारको बार्षिक उत्सवमा सांस्कृतिक कार्यक्रम तथा पुरस्कार वितरण

फागुन २० गते, पथरी ।  आफ्नो २४ औं बार्षिक उत्सवमा मोरङको पथरीशनिश्चरे –२, मा स्थापीत रेडस्टार बोर्डिङ स्कुलले आवसिय माध्यमिक विद्यालयले सांस्कृतिक कार्यक्रम तथा पुरस्कार वितरण गरेको छ ।

उत्सवमा विद्यालयले २०७५ सालमा कक्षा ४ देखि १२ सम्मका प्रथम, द्धितीय र तृतीय हुने विद्यार्थीहरुलाई प्रमाण पत्र, मेडल र ट्रफिले पुरस्कृत गरिएको थियो । विद्यालयले यो पहिलो चरणको कार्यक्रम अन्तरगत पुरस्कार वितरण गरेको हो ।

पुरस्कृत हुनेहरुमा कक्षा ४ बाट प्रज्ञान श्रेष्ठ प्रथम, एलिशा राई द्धितीय र दृश्य दाहाल तृतीय भएका थिए । कक्षा ५ बाट प्रथम सलिस आर्चाय, द्धितीय रचना लिम्बु र तृतीय क्रिस भट्टराई रहेका छन् । त्यसैगरी कक्षा ६ बाट प्रिया मगर प्रथम, पुनम खनाल द्धितीय र आयुस ढकाल तृतीय भएका छन् । कक्षा ७ बाट स्मृती निरौला प्रथम, रोस्ना लिम्बु द्धितीय र रिजन भण्डारी तृतीय भएका थिए ।

त्यसैगरी कक्षा ८ बाट बिपिन पोख्रेल प्रथम, पवन राई द्धितीय र कृतिका भट्टराई तृतीय भएका छन् । कक्षा ९ बाट सब्य राई प्रथम, युनिस नेपाल द्धितीय र अभिलाशा खड्का र रिमा कार्की तृतीय भएका थिए । त्यसैगरी कक्षा १० बाट अनिता राई प्रथम, सार्थक अधिकारी द्धितीय र र्आजु थापा तृतीय भएका थिए । त्यसैगरी कक्षा ११ र १२ लाई पनि पुरस्कार वितरण गरिएको थियो ।

नर्सरी देखि कक्षा ३ सम्मको विद्यार्थीहरुलाई एकहप्ता पछि पुरस्कार वितरण गरिने विद्यालयको निर्देशक तथा प्रिन्सिपल टि. एन तिम्सिनाले बताए । कार्यक्रमका सभापती प्रिन्सिपल टिन तिम्सिनाले नेपाल सरकारले लिएको कक्षा ९ देखी कक्षा १२ सम्मको अवधारण अनुसार विद्यालयले कक्षा ११ र १२ मा व्यावस्थापन संकाय संचालन गरेको छोटो अवधिमा विद्यालयले उल्लेख्य प्रगति गरेको बताए ।

यस्तै विद्यार्थीहरुले परिक्षामा प्राप्त गरको नतिजा लाई स्वदेश तथा विदेशमा रहेर हेर्न चाहाना अभिभावकहरुका लागि विद्यालयले विद्यालयको मोवाईल एप निर्माण गरि सोमा नतिजा सार्वजनिक गर्ने गरेको तिम्सिनाले बताए ।

कार्यक्रममा प्रमुख अथिति नगरप्रमुख दिलिप कुमार राईले विद्यायलयको थप प्रगतिको शुभकामना व्यक्त गर्दै सैद्धान्तिक शिक्षण पद्धति भन्दा पनि आधुनिक र व्यावहारिक शिक्षण सिकाईमा क्रियाकलापमा ध्यान दिन अनुरोध गरेका थिए ।

कार्यक्रममा लेटाङ प्रिन्सको उपाधी जितेकी पूर्व्विद्यार्थी सुजता खतिवडालाई सम्मान गरिएको थियो । कार्यक्रममा विद्यालयले विद्यालयको विभिन्न परिक्षामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कृत समेत गरेको छ । विद्यालयले बार्षिक खेलकुदमा विभिन्न विद्यामा प्रथम,द्धितीय र तृतीय भएका विद्यार्थीहरुलाई यस अघि नै पुरस्कार वितरण गरेका थिए ।

बार्षिक उत्सवमा अभिभावकहरु विच भएको विभिन्न खेलकुदकार्यक्रममा विजेता बनेका अभिभावकलाई समेत पुरस्कृत गरिएको थियो । विद्यालयले कार्यक्रमको अवसरमा उत्कृष्ट शिक्षक, अभिभावक लगायतलाई समेत सम्मान गर्दै पुरस्कृत गरेको छ । विद्यालयले साना विद्यार्थीहरुका लागि छुट्टै अभिभावक दिवसको आयोजना गर्ने बताइएको छ ।

सम्बन्धित खवर