प्रहरी चौकीको कम्पाउण्ड शिल्यानास

कानेपोखरी । मोरङको कानेपोखरी गाउँपाउपालिका–७, स्थीत कानेपोखरी अस्थाई प्रहरी चौकीको घेराबाराको लागी वरिपरी निर्माण हुन लागेको कम्पाउण्डको शिल्यानास भएको छ ।

शनिबार स्थानीय र प्रहरी विच परिचायत्मक कार्यक्रमको अवसर पारेर कोनपोखरी गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले र इप्रका पथरीका डिएसपी दिलिप गिरीले कम्पाउण्ड(वाल)को शिल्यानास गरेको हो ।

कानेपोखरी प्रहरी चौकीको घेराबारालाई आर्थिक बर्ष ०७४÷०७५ मा ५लाख,०७५÷०७६ मा २ लाख र ०७६÷०७७ मा २ लाख बजेट कानेपोखरी गाउँपालिकाले विनियोजन गरेपछि चौकीको वरीपरी घेराबारा लगाउन लागेको हो । तीन बर्ष यता चौकीको पर्खाल निर्माण गर्ने काम ६५ प्रतिशत सम्पन्न भएको निर्माण समतिका अध्यक्ष बिष्णु श्रेष्ठले बताए ।

सम्बन्धित खवर