अन्तराष्ट्रिय अपाङ्गता दिवस : २३ जना अपाङ्गता भएको व्यक्तिलाई सहयोग सामाग्री वितरण

मंसिर १७ गते, कानेपोखरी । ३० औं अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा मोरङको कानेपोखरी गाउँपाकिलाले अपाङ्गता भएका व्यक्तिहरुलाई अपाङ्गता सहयोग सामाग्री वितरण गरेको छ ।

शुक्रबार गाउँपालिकामा एक कार्यक्रमको आयोजना गरी गाउँपालिका क्षेत्रका २३ जना अपाङ्गता भएका व्यक्तिहरुको सहजताको लागि सहयोग सामाग्री वितरण गरेको हो । उनिहरुलाई हृविलचियर, ट्राईसाइकल, सेतो छडी र बैसाखी लगायतका विभिन्न सामाग्री वितरण गरेको थियो ।

कार्यक्रममा अभिजित चाौधरी, सुस्मिता धिमाल, गंगा जिमि, नरमाया तामाङ र डुमरी धिमालले हृविलचियर पाएका छन् । त्यसैगरी खड्गबहादुर थापा, गोविन्द चौधरी, जावेल मुर्मु र गोविन्द पाण्डेले ट्राईसाइकल पाएका छन् । त्यस्तै सुभावनसिं लिम्बु, विर्ख बहादुर राई, विनोद धिमाल र सन्तोष ढकालले सेतो छडी पाएका छन् ।

त्यसैगरी पुर्णबहादुर राई, दिपक भण्डारी, विशाल पौदार, कमला बस्नेत, विष्णु नेपाल, नरेन्द्र राई, दिव्य कुमारी बुढाथोकी, भिमबहादुर कार्की, बुद्धमाया लिम्बुले वकर, हेयरिङ एड र बैशाखी पाएका छन् । उनिहरुलाई कार्यक्रमको प्रमुख अतिथि गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले र कार्यक्रमको अध्यक्ष गाउँपालिकाका उपाध्यक्ष राजमती इङ्नाम, प्रमुख प्रसाशकिय अधिकृत गायत्र श्रेष्ठ, प्रवक्ता सुशिल बुढाथोकी, वडाध्यक्षहरु खड्ग बस्नेत, मोहन प्रसाद अधिकारी लगाएतले हस्तान्तरण गरेको थियो ।

चारजना सम्मानित
यसै अवसरमा गाउँपालिकाले ४ जना अपाङ्गता भएका व्यक्तिहरुलाई सम्मान गरेको छ । उनिहरुलाई अपाङ्गता भएर पनि व्यवसायी गरेर राम्रो आयआर्जन गरेको भन्दै सम्मान गरेको गाउँपालिकाले जनाएको छ । सम्मानित हुनेहरुमा दिपक लुइटेल, पूर्णप्रसाद गुरागाई, खोनाई चौधरी र पूण्य प्रसाद कोइराला रहेका छन् ।

कार्यक्रमको प्रमुख अतिथि गाउँपालिका अध्यक्ष काफ्ले र कार्यक्रमको अध्यक्ष गाउँपालिकाका उपाध्यक्ष इङ्नामले उनिहरुलाई कदर पत्र प्रदान गर्दै दोसल्ला ओढाएर सम्मान गरेको थियो । कार्यक्रममा शिक्षा शाखा प्रमुख वेगबहादुर काफ्ले, स्वास्थ्य शाखाका प्रमुख रोहिन्द्र कुमार राजभण्डारी, कार्यपालिका सदस्य मुना श्रेष्ठ, वडासदस्यहरु धनबहादुर लिम्बु, शिव दुलालकार्यक्रम नगेन्द्र बस्नेतले संचालन गरेको थियो ।

 

सम्बन्धित खवर