प्रदेश १ का ४१ जनाले पाए तेक्वाण्डोको कालो बेल्ट, कानेपोखरीका ४ जना

मंसिर १८ गते, रमाइलो, मोरङ । आईटिएफ तेक्वाण्डो डोजाङ्गको कालो बेल्ट ग्रेडिङबाट प्रदेश १ नम्बरबाट ४१ जना खेलाडीले तीन तहको कालो बेल्ट प्राप्त गरेका छन् ।

मोरङको कानेपोखरी गाउँपालिकामा शनिबार सम्पन्न आईटिएफ तेक्वाण्डो प्याटन तर्फको ग्रेडिङबाट ४१ जना खेलाडीले बेल्ट र प्रमाण पत्र प्राप्त गरेको हो । प्रदेश १ आईटिएफ तेक्वाण्डो संघको आयोजनामा प्रदेश स्तरीय कालो बेल्टको सेमिनार तथा ग्रेडिङ् शुक्रबार सुरु भएको थियो । कार्यक्रमको प्रमुख अतिथि कानेपोखरी गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लेले ४१ जना खेलाडीलाई प्रमाण पत्र वितरण गरेका थिए ।

बेल्ट ग्रेडिङ्मा कालो बेल्ट प्रथम ३४ जना, कालो बेल्ट दोस्रो ६ जना र कालो बेल्ट तेस्रो १ जना भएको आईटिएफ तेक्वाण्डो डोजाङ १ नम्बर प्रदेश अध्यक्ष प्रविन कुमार काकीले बताए । कानेपोखरी गाउँपालिकाबाट मात्र ४ जनाले कालो बेल्ट पाएका छन् । कालो बेल्ट प्रथम आयुष भुजेल र निश्चल लिम्बुले पाएका छन् भने कालो बेल्ट दोस्रो युवराज भुजेल र इन्दिरा थापाले प्राप्त गरेका छन् ।

कार्यक्रमका विशिष्ट अतिथि राष्ट्रिय खेलकुद परिसदका सदस्य तथा आईटिएफ तेक्वाण्डोका अध्यक्ष अन्जन धमला, आईटिएफ तेक्वाण्डो डोजाङ १ नम्बर प्रदेश अध्यक्ष प्रविन कुमार कार्की, नेकपा एमाले कानेपोखरी गाउँ पार्टी अध्यक्ष सुशिल बुढाथोकी, वडा नं. ६ वडाध्यक्ष खड्ग बस्नेत लगाएतले शुभकामना मन्तव्य दिएका थिए ।कार्यक्रममा वडा नं. ७ का वडाध्यक्ष मोहन प्रसाद अधिकारी, राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष नविन पौडेल, राष्ट्रिय खेलकुद परिषदका केन्द्रिय सदस्य कुमार फुयल, जनसेवामाविका प्रधानाध्यापक दामोदर सिग्देल, लायन्स क्लब अफ कानेपोखरीका प्रेसिडेन्ट उमेश पौडेल लगाएत अतिथि रहेका थिए । कानेपोखरी आईटिएफ तेक्वाण्डो डोजाङ्गका अध्यक्ष युवराज भुजेलको अध्यक्षतामा भएको कार्यक्रममा एविन पाठकको संचालन रहेका थिए ।

दुई दिन चलेको सेमिनार तथा ग्रेडिङ्मा जिल्ला बाहिरबाट ५० जना र भित्रबाट ५० जना गरी जम्मा १ सय जनाले सहभागीता जनाएको थियो । कानेपोखरी आईटिएफ तेक्वाण्डो डोजाङ्गद्धारा एक महिना अघि प्रदेश स्तरीय महिला र पुरुषको तौल समूहमा इस्पारिङ र प्याटनतर्फको प्रतियोगिता सम्पन्न गर्दै प्रदेशमै पहिलो बनेका थिए । त्यसैगरी तीन दिन अघि प्रदेश १ कै उत्कृष्ट डोजाङ्गमा कानेपोखरी आईटिएफ तेक्वाण्डोले पुरस्कार प्राप्त गरेका थिए ।

सम्बन्धित खवर