कानेपोखरी गाउँपालिकामा सार्वनिक सुनुवाई सपन्न(फोटो फिचर)

फागुन २८ गते, पथरी । मोरङको कानेपोखरी गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम समपन्न भएको छ । कानेपोखरी गाउँपालिकाको आयोजना र भूल्के मिडियाको सहकार्यमा शनिबार वडा नम्बर ४ को बयरवन बजारमा एक कार्यक्रमको आयोजना गरी सम्पन्न भएको हो ।

कार्यक्रममा पत्रकार बाबुराम निरौलाले सहजकर्ताको भूमिका निर्वाह गरेका थिए । कानेपोखरी गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्लेको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा उपाध्यक्ष राजमती इङ्नाम, प्रमुख प्रशासकिय अधिकृत सन्तोष घिमिरे, अधिकृत गोविन्द फुयल, वडाध्यक्षहरु चरण गुरुङ, खड्ग बस्नेत, मोहन प्रसाद अधिकारी, धनबहादुर राई र दिपेश कार्की उपस्थित भएका थिए । कार्यक्रममा गाउँ कार्यपालिका सदस्य र वडा सदस्यहरु, योजना शाखा, स्वास्थ्या शाखा प्रमुख, कृषी तथा पशुशाखा प्रमुख, शिक्षा शाखा प्रमुख, विभिन्न राजनितीक दलका प्रतिनिधि, शिक्षक बुद्धिजीवि लगाएत सहभागी भएका थिए ।स्थानीय पत्रकारहरु भोला भट्टराई, जनक ढकाल, विद्यानन्द चौधरी र राजकुमारी तामाङले १ महिना अघि नागरीक प्रश्नावली भाग १ र भाग २ गाउँपालिकाको ७ वटै वडामा गएर भरेका थिए । योगेश भट्टराईले वहिर गमन अभिमत(इग्जिट पोल) पालिका भित्र सेवा लिन आउनेहरु र वडा वडामा सेवा लिन आउनेहरुबाट भरेका थिए ।

कार्यक्रममा गत बर्ष र आर्थिक बर्ष २०७८÷०७९को प्रगती प्रतिवेदन जस्तै योजनाको काम, आर्थिक आय, सम्झौता भएको योजना, सम्पन्न भएको योजना, सम्झौता हुन बाँकी र काम हुन बाँकी भएको योजनाहरुको बारेमा प्रतिवेदन प्रस्तुत गरेका थिए ।

उपस्थितहरुले बयरवन चोक देखी रमाइलो सम्म कालो पत्रे मर्मत, बालि क्षतीको अनुदान, जेष्ठ नागरीक, अपाङ्ग मैत्री सडक, कल्र्भट, स्वास्थ्य सम्बन्धी, कानुनी सल्लाहकार, उपभोक्ता समिति गठन सम्बन्धी जनताले प्रश्न राखेका थिए । उठेको प्रश्नलाई गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले र प्रमुख प्रशासकिय अघिकृत सन्तोष घिमिरेले समाधान गरेका थिए । त्यसैगरी कार्यक्रम समापन उपाध्यक्ष राजमती इङ्नामले गरेकी थिइन् ।

 

 

सम्बन्धित खवर