कनेपोखरी गाउँपालिकाको गाउँसभा असार ९ गते हुने

असार ६ गते, कानेपोखरी । असार ६ गते, कानेपोखरी । मोरङ कानेपोखरी गाउँपालिकाले पहिलो गाउँसभा असार ९ गते हुने निर्णय गरेको छ ।

गाउँसभामा असार ९ गते नीति तथा कार्यक्रम र १० गते आर्थिक वर्ष २०७९÷२०८० को बार्षिक बजेट प्रस्तुत रहने कार्यक्रम रहेको छ । तोकेको मितिमा सम्पन्न गर्न वार्षिक वजेट तथा योजना सम्बन्धी समष्टिगत मार्गदर्शन तथा प्राथमिकताका आधारको सम्बन्धमा छलफल हुने छ ।

सभामा जनसंख्या, भूगोल, विकासको अवस्था सहितका सूचकका आधारमा पूर्वाधार क्षेत्रमा विकासको निम्ती वडाहरुको वडागत बजेटको सिलिङ निर्धारण गरी प्रस्तुत गरिने तयारी रहेको छ । गाउँभाबाट आर्थिक वर्ष २०७९÷२०८० को नीति, कार्यक्रम तथा बजेट पारित गर्ने विषयवस्तु सहित कुल ३९ करोड ७७ लाख रुपैयाँको प्रस्तावित बजेटमाथि छलफल हुने छ ।

सम्बन्धित खवर