गाउँ–गाउँमा भानुभक्त ढकाललाई जनताको अपार माया र समर्थन(फोटो फिचर)

असोज ३० गते, कानेपोखरी । नेकपा एमालेका स्थाई कमिटी सदस्य तथा तथा मोरङ क्षेत्र नंं. ३ का प्रतिनिधिसभा सदस्यका उम्मेद्वार, पूर्व मन्त्री भानुभक्त ढकाल आफ्नो निर्वाचन क्षेत्रमा जनताको घर–घरमा पुग्ने काम गरिरहेका छन् ।

प्रतिनिधिसभा सदस्यमा यस क्षेत्रबाट एकल नाम सिफारिस भएदेखि नै यस क्षेत्रको जनतासँग भेट्ने काम सुरु गरेको हो । जनता भेट्ने र त्यस स्थानको समस्याको बारेमा बुझ्ने काम गरिरहेका छन् ।

क्षेत्रको टोल–टोलमा भानुभक्त ढकाललाई ल्याउनुपर्ने मतदातामा माग बढीरहेको हुँदा टोल सम्म उम्मेद्वारलाई पुर्याउन निर्वाचवन परिचालन कमिटीलाई हम्मे–हम्मे भैरहेको छ । ४ वटा पालिकामा पुग्ने सेडुल टाइट छ, तर समय मिलाएर जनताको माझ पुर्याएरै छाड्ने जिल्ला सदस्य तथा क्षेत्र नं. ३ क्षेत्रीय संयोजक भोला अधिकारीले बताए ।

सिताधाप
कानेपोखरी गाउँपलिका वडा नं. ६ स्थित वडाको उत्तरपूर्वीमा पर्ने सिताधापका जनतासँग शनिबार भेटघाट कार्यक्रम भएको छ । पालिकाकै विकट गाउँ मानिने सो गाउँका जनताले यस अघि बोलेका कुरा पुरा हुँदा खशी व्यक्त भएका छन् ।

यस अघि बाटो, विजुली र पुल माग गरेका थिए । बाटो र विजुली नभएको अन्धकार गाउँमा अहिले गाडी पुग्ने बाटो र विजुली पुगेको छ ।

अहिले त्यस स्थानका जनताले पूर्वपटीका डाँसखोला दिगो तटबन्धन, सुकुम्बासीको समस्या, गाउँको विचमा झोलुङ्गे पुल र सिताधापमा पुलको माग गरेका छन् । जनताको मागलाई आगामी ५ बर्ष भित्र पुरा गर्ने प्रतिनिधिसभाका उम्मेदवार भानुभक्त ढकाल र प्रदेशसभाका उम्मेद्वार दिलिपकुमार(किशोर) राई बताए ।

त्यसैगरी सुन्तली टोल र भट्टराई टोलमा पनि भेटघाट कार्यक्रम गरिएको थियो । त्यहाँको जनतालाई उम्मेद्वार ढकालले पार्टीको र आफ्नो कुरा बताएका थिए । त्यहाँको जनताले उम्मेदवार ढकाल र राईलाई अल्गालो मार्दै अन्य पार्टीका नेता मिलेर एमालेलाई नराम्रो बनाउने खेल खेल्दै भ्रम छरेको बताए ।

साथमा प्रदेश कमिटी सदस्य ताराबहादुर काफ्ले, जिल्ला सचिवालय सदस्य भोला अधिकारी, जिल्ला सदस्य दानबहादुर बस्नेत, नविन पौडेल, गाउँकमिटी सदस्य खड्ग बस्नेत, भोला पराजुली लगाएतका नेता सहभागी थिए ।

सोही दिन प्रतिनिधिसभा सदस्यका उम्मेद्वार, पूर्व मन्त्री भानुभक्त ढकाल र प्रदेशसभा सदस्य तथा पूर्व मेयर दिलिपकुमार राईले एमाले वडा नं. ४ वडा भेलामा सम्बोधन गरेका थिए । वडाको वृहद भेलामा एमाले अनुसाशन आयोगका केन्द्रिय सदस्य राजमती इङ्नाम पनि उपस्थित रहेका थिए ।

कार्यक्रममा उम्मेद्वार भानुभक्त ढकाल, दिलिपकुमार राई, भोला अधिकारी र दानबहादुर बस्नेतले सम्बोधन गरेका थिए । नगेन्द्र बस्नेतको संचालनमा वडा पार्टी अध्यक्ष टेकबहादुर तामाङको सभाध्यक्ष रहेको थियो ।

 

सम्बन्धित खवर