बिहिबार, बैशाख १०, २०८३

बेलबारीमा राष्ट्रिय पर्व तमु ल्होसारको उपलक्ष्यमा पुरुष र महिला भलिबल प्रतियोगीता

पुस १४ गते, बेलबारी । मोरङको बेलबारीमा तमु गुरुङ जातीहरुको महान पर्व तमु ल्होसारको उपलक्ष्यमा बेलबारी नगरपालीका वडा स्तरीय पुरुष र महिला भलिबल प्रतियोगीता भएको हो ।

तमु हयूल छोंज धिं गुरुङ राष्ट्रिय परिषद नगरसमितिको आयोजनामा बेलबारी नगरपालीका वडा नं १ स्थित तमु बुद्धिष्ट गुम्बाको प्राङगडमा बुधबार पुरुष भलिबल खेल भएको थियो ।

प्रतियोगीतामा पुरुष तर्फ बेलबारी वडा नं ११(ए), ११(बी), ८, आयोजक, ३, ४(ए), १, ९, ४(बी), १०, र २ गरि जम्मा ११ वटा टीमले भाग लिएका छन् भने महिला तर्फ वडा नं ११, २, ३, र ४ गरि जम्मा ४ वटा टिमले भाग लिने छन् । पुरुष तर्फको खेल पुष १३ गते सुरु भएर पुष १४ गते फाइनल खेल हुने छ भने महिला तर्फ १४ गते सुरु भएर सोही दिन फाइनल खेल हुने परिषदका नगर समितिका सचिव कमल बहादुर गुरुङले बताए ।

पुरषकारहरु पुरुष तर्फ प्रथम हुनेलाई २५ हजार नगद सहित ट्रफी मेडल र प्रमाणपत्र रेहेको छ भने दोस्रो हुनेलाई १५ हजार नगद सहित ट्रफी मेडल र प्रमाणपत्र रहेको छ । त्यस्तै महिला तर्फ प्रथम हुनेलाई १० हजार नगद सहित ट्रफी मेडल र प्रमाणपत्र, र दास्रो हुनेलाई ५ हजार नगद सहित ट्रफी मेडल र प्रमाणपत्र रहेको छ ।

तमु समुदायले हरेक बर्ष पौष १५ गते तमु ल्होसार–हिल्हो (बिरालो वर्ग) को उपलक्ष्यमा सांस्कृतिक तथा शुभकामना कार्यक्रम गर्दै आइरहेकोमा बिगत पाँच वर्ष देखी बेलबारीले वडा स्तरिय भलिवल प्रतियोगीता गर्दै आइरहेको परिषदका सल्लाहकार समितिका अध्यक्ष मनकुमार गुरुङले बताए । पौष १५ गते २१ जना वृद्धवृद्धालाई सम्मान गर्ने तयारी रहेको पनि संचार संयोजक अशोक गुरुङले जानकारी दिए ।

प्रमुख अतिथि वडा नं ११ का वडाध्यक्ष तथा नगरका खेल संयोजक बिक्रम राइ रहेका थिए । राइले खेलाडीहरुलाइ बल हस्तान्तरण गरेपछि खेल सुरु भएको थियो । कार्यक्रम परिषदका अध्यक्ष रन्जीत गुरुङको सभातित्वमा भएको थियो ।

सम्बन्धित खवर

भखरै

Crafted with care by CodeBundles © 2026 Nigranitimes.