पर्ल एकेडेमीको वार्षिक खेलकुद उत्सव, ४५० विद्यार्थीले पाए पुरस्कार

माघ १७ गते, कानेपोखरी । मोरङको कानेपोखरी ६, रमाइलोमा स्थापित पर्ल एकेडेमी इङ्लिस स्कुलले वार्षिक खेलकुख सप्ताह कार्यक्रम समापन गरेको छ ।

वार्षिक खेलकुद सप्ताह कार्यक्रममा विभिन्न विद्यामा पुरस्कार प्रदान गर्दै खेलकुद सम्ताह समापन गरेको हो । कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभासदस्य माननीय मानबहादुर लिम्बु, विशिष्ट अतिथि कानेपोखरी गाउँपालिका उपाध्यक्ष भोला प्रसाद अधिकारी, अतिथिहरु वडा नं. ६ का खड्ग बस्नेत, वडा नं. ४ का अध्यक्ष रमेश राउत, प्याब्सन मोरङ जिल्ला सचिव जगत बस्नेत, रमाइलो जनएकत साकोस अध्यक्ष त्रिभूनाथ फयल लगाएतले पुरस्कार वितरण गरेका थिए ।

कार्यक्रममा कलाकार सुरेश धिमाल र हिमाल दर्नालको पनि गायन प्रस्तुती रहेको थियो । कार्यक्रम विद्यालयका निर्देशक मनकुमारी गुरुङको सभापतित्वमा सम्पन्न भएको थियो ।

४५० विद्यार्थीले पाए पुरस्कार
माघ ६ गतेदेखी १० गते सम्म संचालन गरेको खेलकुदमा नर्सरी देखी कक्षा १२ सम्मका विद्यार्थी सहभागि भएका थिए । विभिन्न खेलमा विद्यालयका ४५० जना छात्राछात्रले पुरस्कार पाएका थिए । कक्षागत नृत्य पनि रहेको थियो ।

२५ वटा खेलमा प्रथम, द्धितीय र तृतीय गरी जम्मा ४ सय ५० जनाले पुरस्कार पाएको हो । अभिभावक तर्फ म्युजिकल च्यर खेल र सारी छिटो लागउने खेलमा प्रथम, द्धितीय र तृतीय हुनेहरुलाई पुरस्कार प्रदान ।

सम्बन्धित खवर