फागुन २५ गते, लेटाङ । लेटाङमा ११३ औ अन्तर्रास्ट्रिय महिला दिवस बुधवार भब्यताका साथ मनाइएको छ । । “लैंगिक समानताको बलियो आधारः सिर्जनात्मक प्रविधिमा महिलाको पहुँच बिस्तार” भन्ने नाराका साथ महिला दिवस मनाएको हो ।
लेटाङ नगरपालिकाको आयोजना तथा स्थानिय आधा दर्जन संघसँस्थाहरुको सहआयोजनामा प्रभातफेरीबाट सुरु भएको कार्यक्रम अन्तरकृया तथा विभिन्न क्षेत्रका महिलाहरुलाई सम्मान गर्दै सम्पन्न गरिएको थियो ।
महिला हिंसा अन्त्य गरौ, समान ज्यालाको ब्यबस्था गरांै, बाल बिबाह अन्त्य गरौं जस्ता नारासहित सयौंको संख्यामा उपस्थित नगर क्षेत्रका सहभागिहरुको र्यालीले लेटाङ बजार परिक्रमा गरेको थियो । प्रभातफेरी पश्चात नगरपालिका परिसरमा भएको कार्यक्रममा लेटाङ नगरपालिका उपप्रमुख कृष्ण कुमारी पोख्रेलको अध्यक्षता र नगर प्रमुख भुपेन्द्र कुमार लावतीको प्रमुख आतिथ्यता रहेको थियो । यस्तै महिला बिकास शाखा प्रमुख देबिमाया खड्काले महिला दिवसको आवश्यकता र महत्वबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा मन्तब्य राख्नु हुँदै नगरप्रमुख लावतीले महिला तथा बालिकामाथी हुनसक्ने यौनजन्य हिंसाबारे सचेत रहनुपर्ने बताउनु भयो । केही समय अघि लेटाङ क्षेत्रमा भएका यौन हिंसाका घटनाहरु स्मरण गर्दै प्रमुख लावतीले त्यस्ता किसिमका घटना हुन नदिन सरोकारवाला सबै सचेत बन्नु पर्ने र भएको पाईएमा कडा कारबाहीको लागि दबाब सृजना गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा अध्यक्षको मन्तब्य राख्नुहँुदै उपप्रमुख कृष्ण कुमारी निरौलाले घरेलु हिङ्साको घटना न्युनिकरण गर्न महिला र पुरुष एक भएर पारिबारिक वातावरण सौहार्दपुर्ण बनाउनुपर्ने बताउनुभयो । न्यायिक समितिमा बहुबिबाह र सम्बन्ध बिच्छेदका घटनाहरु अत्यन्तै बढी आउने प्रसंग उठाउँदै उपप्रमुख निरौलाले बाल बिबाह अन्त्यको लागि सबै पक्ष लाग्नुपर्ने बताउनुभयो ।
मन्तब्य राख्नु हुँदै लेटाङ नगरपालिका शिक्षा शाखाका प्रमुख कृष्णराज राईले लैङ्गिक समानताको लागि महिला तथा बालिका शिक्षालाई ब्यबस्थित, परिस्कृत र प्रबिधिमैत्री बनाउनुपर्ने बताउनुभयो । घरमा एक जना महिला शिक्षित भएमा परिवारका सबै लाभान्वित हुने भएकाले समय सापेक्ष किसिमको शिक्षा प्राप्त गर्न उनिहरुलाई उत्प्रेरित गर्नुपर्ने धारणा राख्नुहुँदै उपसचिव राईले सबै पक्षले आ आफ्नो ठाउँबाट लाग्नुपर्ने बताउनुभयो । यस्तै लेटाङ ४ का वडाध्यक्ष रामकुमार श्रेष्ठले महिलाहरुलाई अघि बढाउन उनीहरुको क्षमता विकास र शसक्तिकरणमा समेत जोड दिंदै जानुपर्ने बताउनुभयो ।
कार्यक्रममा सह–आयोजकको रुपमा मन्तब्य राख्नु हुँदै ओरेक नेपालका भिमा ढकाल, सिडिएफ नेपालका बाल कुमार श्रेष्ठ, ग्रामिण महिला बिकास केन्द्रकी दुर्गा भण्डारी, हर्डनका सुरेश अधिकारी लगायतले सँस्थागत रुपमा महिला तथा किशोरी अधिकारमा स्थानिय सरकारले बार्षिक बजेटको ब्यबस्था गरि क्षमता बिकास र आयआर्जनको क्षेत्रमा लगाउन पहल गर्नुपर्ने कुरामा जोडदिनु भयो ।
लेटाङ कार्यपालिका सदस्य चम्पा थापा मगरले सञ्चालन गर्नु भएको कार्यक्रममा सहभागि किशोर किशोरी, महिलाहरुले विभिन्न प्रतिभाहरु प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा समुदायमा महिला सशक्तिकरणको क्षेत्रमा काम गर्ने तथा श्रमिक महिलाको पक्षमा काम गर्ने ९ जना महिला तथा किशोरीहरुलाई सम्मान गरिएको थियो । सम्मानित ९ जना मध्ये १, २, ७ र ८ नम्वर वडामा बाल विवाह न्युनिकरण र प्रजनन स्वास्थ्यमा उत्कृष्ट योगदान गर्ने महिला तथा किशोरीहरुलाई हर्डन मोरङले सम्मान गरेको थियो भने नगरका अन्य वडाका ५ जना श्रमिक महिलाहरुला लेटाङ नगरपालिकाले सम्मान गरेको हो ।