बुधबार, मंसिर ३, २०८२

बैकुण्ठे घाटमा युवा संघको सरसफाई

सनम रोक्का
बैशाख १७ गते, कानेपोखरी । राष्ट्रिय युवा संघ नेपाल कानेपोखरीले कानेपोखरी ७ को पर्ने बैकुण्ठे आर्यघाट सरसफाइ गरेको छ ।

युवा संघ नेपालको केन्द्रिय र्सकुल्लर अनुसार युवाहरु भेला भई शनिबार साँझ सरसफाई कार्यक्रम गरेको हो । सरसफाई कार्यक्रममा राष्ट्रिय युवा संघ, कानेपोखरीका युवा तथा पदाधिकारी, एमाले निकट नेता लगायतको उपस्थिति रहेको थियो ।

नेकपा एमाले पार्टी अध्यक्ष केपी शर्मा ओली माथी झापामा गरिएको अराजक गतिविधि, माओवादीको अयोग्य लडाँकुहरुलाई २ लाख दिने सरकारको तयारी र जनताको ढुकुटीको चरम दुरुपयोगको विरुद्धमा, सत्ता पक्षले नै देशमा जातिय द्वन्द्व ल्याउन लागि परेको आरोप लगाउदैँ त्यसबारे सजग हुनुपर्ने अनुरोध सहित सो कार्यक्रमको आयोजना गरेको राष्ट्रिय युवा संघ कानेपोखरीका अध्यक्ष अनिल परियारले बताए ।

उनले भने ’पार्टीले गरेको सर्कुलर अनुसार विरोधको कार्यक्रम सञ्चालन गर्ने भन्ने थियो तर केही रचनात्मक कार्य गरौं भन्ने योजना सहित यसप्रकारको कार्यक्रम आयोजना गरेका हौं’ । कार्यक्रममा अनिल परियार, खिलाराज भट्टराई, भोजकुमार श्रेष्ठ र जीवन लिम्बुको नेतृत्वमा भएको थियो ।

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Nigranitimes.