कानेपोखरीबाट ब्राउनसुगर सहित दुई जना युवा पक्राउ

असार २, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकाबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित दुई जना युवालाई प्रहरीले पक्राउ गरेकोे छ ।

विहिबार कानेपोखरी ७ मा दिउँसो ३ बजे इलाका प्रहरी कार्यलय पथरीका प्रहरी टोलीले चेकजाचको क्रममा पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा केराबारी गाउँपालिका ८ का ४२ वर्षीय चन्द्र कार्की र मोटरसाइकलमा सवार सोही गाउँपालिका ७ मा बस्ने ४५ वर्षीय शुक्र लिम्बु रहेका छन । प्रहरीले उनीहरुको साथबाट ७ सय ३ सय ग्राम लागुऔषध ब्राउन सुगर बरामद गरेकोे थियो ।

प्रहरीले को २९ प २८७५ नम्बरको मोटरसाईकल समेत प्रहरीले बरामद गरेकोे छ । पक्राउ परेका कार्की र लिम्बुद्व्यलाई जिल्ला अदालत मोरङबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पथरीका डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिएको छ ।

सम्बन्धित खवर