मानवसेवा आश्रमलाई बेलायतबासीबाट १ करोड २ लाख सहयोग

असोज ११, विराटनगर । मानवता प्रवद्र्धनको लक्ष्य राखि मानवसेवा आश्रमले नेपाल बाहिर विभिन्न कार्यक्रमहरु तय गरी रकम संकलन गरेका छन् ।

अल्डरसटमा आयोजना भएको आमा सेमिनारमा २ सयबढी बेलायतबासी नेपालीहरुको सहभागीता रहेका थियो । २०८२ सालभित्र नेपालको सडकपेटी एवं सार्वजनिक स्थलहरुमा अति कष्टपूर्ण जीवन विताउन विवश सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माणको लक्ष्य पुरा गर्न बेलायतबासी नेपालीहरुले ठुलो रकम र एम्बुलेन्स सहयोग गरेका छन् ।

चितवन स्थाई घर भई क्रोनवाल यूके निवासी हेमकान्त सेढाईं र सीता शर्माले एक थान एम्बुलेन्स सहयोगको घोषणा गरेका छन् ।

जसमध्ये मानवसेवा आश्रमको नेपालको विभिन्न स्थानमा निर्माण भइरहेको भवनकोे एक कोठा निर्माण सहयोगका लागि ९ जनाले ५ लाख ११ हजार १ सय ११ रुपैयाको दरले रकम सहयोग गरेका छन् । यसरी रकम सहयोग गर्नेहरुमा राजु आचार्य, उत्सव विष्ट र खिमलाल खरेल, चन्द्र अर्याल र राधा अर्याल, दीपक ढकाल, अमृत सेढाईं, खिम खत्री, विक्रम भट्टराई र पवित्रा भट्टराई, सुरेश केसी र दयानिधि सापकोटा रहेका छन् ।

यस्तै १४ जनाले १ लाख ११ हजार १ सय ११ रुपैया सहयोग गरी मानवसेवा आश्रमको आजीवन बार्षिक भोजनसेवा सदस्यता ग्रहण गरेका छन् । योगदान गर्नेहरुमा समाजसेवी बच्चु कैलाश कैनी, उत्सव विष्ट र खिमलाल खरेल, रामकृष्ण अर्यालय, लभ गौतम, प्रकाश कंडेल, प्रकाश श्रेष्ठ, सूर्य हमाल, लाल शिवयोगी, अप्सरा श्रेष्ठ, क्याट यूके, रविन्द्र शर्मा, प्रकाश चन्द्र भण्डारी र कोपिला खड्का भण्डारी, गोकुल खरेल र गोप्यदान रहेका छन् ।

यस्तै तुलसी फूयाल, सागर भट्टराई, उत्वस विष्ट र खिमलाल खरेलले मानवसेवा आश्रमको संरक्षणमा रहेका एक बालबालिकाको पालनपोषण र शिक्षा दिक्षाको लागि मासिक ८ हजार रुपैया र राजु आचार्यले दुई आमाबुबाको पालनपोषणको लागि मासिक प्रतिव्यक्ति ५ हजार रुपैया प्रदान गर्ने गरी बेसहाराको अभिभावकत्व ग्रहण गरेका छन् ।

मानवसेवा आश्रम सहयोगार्थ मासिक १० पाउण्ड योगदान अभियान अन्र्तगत ४० जनाले सदस्यता लिएका छन् । यो संख्या ३६५ जना पु¥याई कम्तिमा नेपालमा सञ्चालनमा रहेका एक सेवा केन्द्रको मासिक खर्च बेलायतबासी उदारमनाहरुबाट जुटाउने आश्रमका अभिभावक अमृत सेढाईंले बताए । केही मानवताप्रेमी मनहरुले आफ्नो परिचय नखुलाई गोप्यदान समेत गरेका छन् ।

मानवसेवा आश्रमको सहयोगका लागि यू.के. च्यापटर गठन

सहयोगापेक्षी सडक आश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने संकल्पलाई पुरा गर्न मानवसेवा आश्रम यूके च्यापटर गठन भएको छ ।

मानवसेवा आश्रमले २०८२ सालभित्र खुला आकाशमुनी नेपालको सडकपेटी एवं सार्वजनिक स्थलहरुमा कष्टपूर्ण जीवन विताउन विवश अनाथ, अपाङ्ग, अशक्त, असहाय, शारिरीक तथा मानसिकरुपमा अति कमजोर मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने लक्ष्य लिएको छ । उक्त लक्ष्य पुरा गर्न आश्रमले मानवसेवा आश्रम यूके च्यापटर गठन गरेको हो ।

सेप्टेम्बर २४ तारिकमा अल्डरसटमा मातृत्व र मातृभूमिको सम्मानमा आयोजित आमा सेमिनारमा च्यापटर घोषणा भएको थियोे । च्यापटरका पदाधिकारीहरुलाई आमा सेमिनारका प्रमुख अतिथि समेत रहेका बेलायतका लागि नेपाली राजदूत महामहिम ज्ञानचन्द्र आचार्यले मनोनयन पत्र हस्तान्तरण गरेका थिए ।

आश्रमका अभिभावक बेलायतनिवासी समाजसेवी सुनिलबाबु खड्काको संयोजकत्वमा गठन भएको च्यापटरमा राजु आचार्य र विक्रम भट्टराई सहसंयोजक, यादव श्रेष्ठ सचिव र चन्द्र अर्याल कोषाध्यक्ष सहित ३१ सदस्य रहेका छन् ।

समितिले मानवसेवा आश्रमले लिएको लक्ष्य पुरा गर्न बेलायतनिवासी मनकारी व्यक्तित्वहरुबाट सहयोग जुटाउने र मानवता प्रवद्र्धनका लागि मानवसेवा आश्रमले बेलायतमा गर्ने कार्यक्रमहरुको आयोजना र व्यवस्थापन गर्नेछ ।

विगत ५ बर्षदेखी आश्रमका अभिभावक सुनिल बाबु खड्काले व्यक्तिगत प्रयासमै यी कार्यक्रमहरु गर्दै आउएका छन् । यस अघि २०१८ मा समेत एक चरणको कार्यक्रम आयोजना भइसकेको छ ।

२०८२ सालभित्रै नेपाललाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गरीसक्ने संकल्पलाई पुरा गर्न थप शशक्त भई अभियानका कार्यक्रमहरु आयोजना गर्नुपर्ने भएको र यस वीचमा आयोजना भएका कार्यक्रमहरुबाट आश्रमलाई अत्यन्त माया गर्ने व्यक्तिहरु समेत जोडीनुभएकोले च्यापटर गठन गरिएको मानवसेवा आश्रमका प्रमुख संस्थापक एवं केन्द्रीय अध्यक्ष रामजी अधिकारीले बताए । यस लगतै गोरखा समाज अस्ट्रेलियाको आयोजनामा फेबु्रअरी १३ देखी मार्च १३ सम्म अस्ट्रेलियामा आमा कार्यक्रम प्रस्तुत हुनेछ ।

सम्बन्धित खवर