कानेपोखरी आईटिएफ तेक्वाण्डोका प्रशिक्षक इन्दिरा थापा नेपाली सेनामा भर्ति

सनम रोक्का
२८ असोज, कानेपोखरी । हरेक व्यक्तिले कामसँगै दाम चाहन्छ तर जब कामसँगै दाम पाउँदैन उसले आफ्नो पेशा बदल्छ । लामो समयदेखि आईटिएफ तेक्वाण्डो खेल क्षेत्रमा लागेर यसैमा आफ्नो भविष्य खोज्दैँ गरेकी तेक्वाण्डो प्रशिक्षक इन्दिरा थापा नेपाली सेनामा भर्ति भएका छन् ।

‘खेलकुद क्षेत्रलाई राज्यलेनै अपहेलित बनाएको अवस्थामा स्थानीय स्तरबाट खेल जिवनको यात्रा सुरु गरेकाहरुलाई त जिवनयापन गर्न झनै गाह्रो छ’, थापा सुनाउँछिन । खेल क्षेत्रमा राजनितिक प्रशस्त छ, यसले पनि राम्रो र क्षमतावान खेलाडीहरु ओझेलमा परिरहेको उनी सुनाउँछिन । ‘आम्दानी हुँदैन, पारिश्रमिक न्यून छ, तलबको कुरै नगरौं, खेलमा लागेर मैले आफ्नो परिवार र म स्वयंमलाई समेत पाल्न सकिन, यसैले सरकारी जागिरको खोजि गर्दै सेनामा भर्ति भएको थापा बताउँछिन ।

उमेर परिपक्व भएसँगै घरपरिवार धान्ने जिम्मेवारी पाएकी थापाको घरको स्थिती नाजुक छ । आमाबुबा अर्कोको खेती गर्नुहुन्छ, भाइबहिनीहरु पढ्दैँ छ्न, आर्थिक उपार्जोनको श्रोत छैन । यि सबै कारणहरुको यात्रा हो थापाको सरकारी जागिर । स्थानीय स्थरमा पनि खेल सँगै जागिरको निकै प्रयास गरे, कुरो बिक्नेलाई कुरा पनि राखेको तीन बर्ष बितेको उनी सुनाउछिन् ।

तेक्वाण्डो प्रशिक्षार्थीदेखि प्रशिक्षक हुँदाको ५ वर्ष अवधीसम्म तेक्वाण्डो खेलमै आफ्नो कर्मथलो देख्दैँ अघि बढेकी थापाले स्थानीय, जिल्ला, प्रदेश र राष्ट्रियस्तरका खेलहरु जितिसकेकी छिन । ब्ल्याक बेल्ट टु डान सम्म पुगेकि थापा विभिन्न खेल प्रतियोगितामा भाग लिएर आफुलाई अब्बल प्रमाणित समेत गराइसकेकी छिन ।

पोखरामा सम्पन्न भएको नवौं राष्ट्रिय खेलमा तेक्वाण्डो (४५–५०) केजिमा दोश्रो स्थान जित्न सफल भएकी थिइन जुन कानेपोखरीकै लागि पहिलो उपाधी हो । कानेपोखरीमा भएको प्रदेश स्तरीय प्रतियोगितामा पनि प्रथम स्थान हात पर्न सफल भएकी थिइन । प्रतियोगितामा भाग लिन पालिकाले समेत आर्थिक सहयोग गरेको थियो ।

यो क्षेत्रमा अघि बढ्न गुरु युवराज भुजेलले सक्दो साथ सहयोग गरेको उनी सुनाउँछिन् । उनले भनिन् – गुरुले दिनुभएको शिक्षा, उपदेश र सहयोग म कहिले भुल्ने छुइन ।’

सम्बन्धित खवर