शव गाडेको ६ दिनपछि आफ्न्त चिहानमा, शवको सामाजिक सञ्जालबाट पहिचान

असोज २९, कानेपोखरी । शवको पहिचान हुन नसके पछि पोष्टमार्टम गरी कानेपोखरी जंगलमा शव गाडेको ६ दिनपछि आफ्न्तहरु आफ्नो मान्छे भएको दावी गरेका छन् ।

पहिचान भएको शव मोरङ सुन्दरहरैचा ४ निवासी रामेश्वर ऋषिदेवका छोरा ५२ बर्षीय बलदेव ऋषिदेव रहेको नगरप्रहरी युवराज भुजेलले बताए । उनिहरुले अस्थाई प्रहरी चौकीमा ६ दिन अघि गाडेको शव आफ्न्तको भएको दावि गरेपछि नेपाल प्रहरीले कानेपोखरी नगरप्रहरीलाई खबर गरेका थिए । नगरप्रहरीले उनीहरलाई भेटी शव गाडिएको स्थानमा लगेको नगर प्रहरी प्रमुख युवराज भुजेल बताउछ ।

श्रीमती शान्ति ऋषिदेव, भतिजी गिता ऋषिदेव सहित ३० जना गाउँलेहरु सोमबार आएर शव गाडिएको स्थानमा चिहानको आकार निर्माण गरी ऋषिदेव परम्परा अनुसार अन्तिम दाह्संस्कार गरेका थिए ।

दुईजना छोरा वैदेशीक रोजगारमा विदेश गएका छन् । मृतक बलदेव ऋषिदेव असोज २ गते घरबाट बेपता भएका थिए । उनका श्रीमती शान्तिका अनुसार बलदेवलाई पेसरले हानेपछि बोली बन्द भएर विरामी परेको थियो । आर्थिक अवस्था न्यून रहेको ऋषिदेव परिवारमा घरमा कोही नभएको बेला घरबाट निस्केर हिडेका थिए ।

खोज्ने क्रममा अनलाइन समाचार र फेसबुक पेजमामा फोटो सहित देखिएपछी पहिचान भएको मृतका भतिजी गिता ऋषिदेव बताउँछिन् ।

बलदेव ऋषिदेवलाई स्थानीयले असोज १९ गते वडा नं. ५ स्थित चिंसाङ खोला छेउमा अचेत अवस्थामा फेला पारेका थिए । अचेत अवस्थामा फेला पारेको उनलाई कानेपोखरी नगरप्रहरीको टोलीले उद्दार गरी उपचारको लागि कानेपोखरी अस्पताल लगेका थिए । असोज २१ गते आइतबार अस्पतालमा उपचारकै क्रममा तीनदिन पछि मृत्यु भएको थियो ।

निधन भएपछि शवलाई मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारेमा ६ दिन सम्म राखिएको थियो । उतिखेर नै नगरप्रहरीले पहिचानको लागि कानेपोखरी गाउँपालिका दमकल फेसबुक पेजमा फोटो राखेर सूचना गरेको थियो । आफ्न्त कोही नआएपछि नगरप्रहरी र नेपाल प्रहरीले शव कानेपोखरी जंगलमा गाडेको थियो ।

सम्बन्धित खवर