फुड फेस्टिबलमा पञ्चायतका विद्यार्थीद्धारा मिनि प्रदर्शनी

२९ मंसिर, पथरी । मोरङ्गको पथरीशनिश्चरे–१ मा स्थापित पञ्चायत नमूना माध्यमिक विद्यालयले ह्याप्पी फुड फेस्टिबल २०८० आयोजना गरेको छ ।

शुक्रबार कक्षा १२ मा पढ्ने विद्यार्थीहरूको सहभागितामा फुड फेस्टिबलको आयोजना गरिएको हो । फुड फेस्टिबलसंगै विज्ञान र फाइन आर्टस संकायका विद्यार्थीले मिनि प्रदर्शनी समेत गरेका छन् । फुड फेस्टिबलमा विभिन्न १३ वटा स्टल रहेको थियो । फुड फेस्टिबलमा खीर, सेलरोटी, पुलाउ सब्जी, भक्का, चना फ्राई, आलु परौठा, सुख्खा रोटी, लस्सी, जुश, तिलको लड्डु, चिप्स, पकौडा, बदाम, पपकर्न, अम्लेट, माछा फ्राई, चिकेन रोष्ट र ग्रेबी लगायतका विभिन्न खाद्य सामग्री १० वटा स्टलमा राखिएको थियो भने बाँकी ३ वटा स्टलहरुमा ललितकलाका विद्यार्थीहरुले बनाएका विभिन्न चित्रहरूको पनि प्रदर्शनी गरिएको थियो ।

विद्यार्थीले बनाएका विभिन्न परिकारहरूमा विहानै देखिएको थियो । विद्यार्थीको आफ्नै लगानी रहेको फुड फेस्टिबलबाट लगानीको दोब्बरसम्म आम्दानी गरेकाले काम गर्दा स्वदेशमा नै राम्रो कमाइ गर्न सकिने सन्देश विद्यार्थी माझ पुगेको प्रधानाध्यापक अर्जुन कुमार बुढाथोकीले बताए ।

विद्यालयको वार्षिक शैक्षिक कार्यक्रम अनुसार हरेक महिनाको अन्तिम शुक्रबारलाई बुक फ्रि डे (किताब रहित दिन) का रुपमा मनाउदै आएको विद्यालयका प्रधानाध्यापक बुढाथोकीले बताए । सोही कार्यक्रम अनुसार हरेक महिना विभिन्न अतिरिक्त क्रियाकलाप गदै आएकामा मंसिर महिनालाई फुड फेस्टिबलका रुपमा मनाएको हो । सांदेको गुन्द्रुकको अचार, भुटेको मकै, पोलेको मकै, आलु परौठा, भक्का र टमाटरको अचार देखि मासु फुलाउसम्मका खानाका परिकार फेस्टिबलमा समावेश थियो ।

फेस्टिबलमा विभिन्न परिकार सहित चित्रकला पनि प्रदर्शनीमा राखिएको थियो । सो प्रदर्शनीमा राखिएको सात घोडाको चित्रले अधिकांशको मन तान्यो । सो चित्रको मुल्य २५ हजार राखिएको थियो । यसरी हेर्दा चित्रकलामा पनि भविष्य रहेछ भन्ने सन्देश दिएको छ । सो चित्र, फाइन आर्ट्स संकाय कक्षा १२ मा अध्ययनरत छात्र रुपक राईले तयार गरेका हुन् ।

सम्बन्धित खवर