पथरीशनिश्चरेमा एकै विद्यालयका एक दिनमा ७ जना शिक्षक अनुपस्थीत

पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकाको अनुगमन् समितिले नगरका विद्यालयहरुको अनुगमन् गर्दा एकै विद्यालयको ७ जना शिक्षकहरु अनुपस्थीत भएको भेटेका छन् ।

बुधबार अनुगमन गर्ने क्रममा वडा नम्वर ३ को जनता माविमा मावि तहका २, निवामि तहका ३, सहयोगी शिक्षक १ र कर्मचारी १ गरी ७ जना अनुपस्थित भेटिएको नगर शिक्षा शाखाका उपसचिव शालिग्राम काफ्लेले बताए । शिक्षक अनुपस्थीत हुँदा कक्षाको पढाई ठप्प थियो ।


त्यसैगरी, सोही वडाको सामाजिक आधारभूत विद्यालयमा ३ जना शिक्षक अनुपस्थित भेटिए थिए । दुवै विद्यालयका प्रधानाध्यापकलाई पठन पाठनमा शिक्षकहरुको लापरवाही तत्काल रोक्न शिक्षा अनुगमन समितिले निर्देशन समेत दिएको छ ।

उता, वडा नम्वर २ को सरस्वती आधारभूत विद्यालयमा भनें सवै शिक्षकहरु उपस्थित भेटिएको छ । समितिले हाजिरी चेक समेत गरेको थियो ।

नगर उपप्रमुख एवम् अनुगमन् समिति संयोजकयमुना विष्ट वास्तोला, शिक्षा शाखा प्रमुख उपसचिव शालिग्राम काफ्ले सहितको टोलीले ३ वटा विद्यालयको अनुगमन् गरेको थियो ।

साथै समितिले गत आर्थिक वर्ष र चालु आर्थिक वर्षमा गरी क्रमागत रुपमा निर्माण भएको जनता माविको ४ कोठे भवनको पनि अनुगमन् गरेको छ । जनताका साथै सरस्वती आधारभूतमा चालु आर्थिक वर्षका लागि तराई मधेश समृद्धि कार्यक्रममार्फत ३०÷३० लाख रुपैयाँको लागतमा निर्माण गरिने भवनको निर्माणअघिको प्रारम्भिक अवस्थितीको पनि अवलोकन भएको छ ।

सम्बन्धित खवर