कानेपोखरीमा लैङ्गिक विभेद सम्बन्धी गोष्ठी सुरु

फागुन २१ गते, केरौन । मोरङको कानेपोखरी गाउँपालिका स्तरीय महिला मञ्चको दुईदिने कार्यक्रम उद्घाटन भएको छ । बुधबार वडा नं. २ स्थीत केरौनको जनजाती भवनमा कार्यक्रम उद्घाटन भएको हो ।

कार्यक्रमलाई कानेपोखरी गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्ले र उपाध्यक्ष राजमती इङ्नामले उद्घाटन गरेका थिए । कार्यक्रममा वडा नं. २ का वडाध्यक्ष सुशिल बुढाथोकी र वडा नं. ७ का वडाध्यक्ष मोहन प्रसाद अधिकारी पनि उपस्थीत रहेका थिए ।

दुईदिने कार्यक्रममा ६ वटा विषयमा ६ जना प्रशिक्षकले सहजिकरण गरेका छन् । सहजिकरण गर्नेमा महिला विरुद्ध हुने लैङ्गि विभेद विषयमा मन्जीता उपाध्य, घरेलु हिंसा र महिला विषयमा लक्ष्मि अर्याल, महिलाको गतिशिलता र मर्यादित श्रम विषयमा सृष्टी प्रधान, महिलाको कानून सम्बन्धि विषयमा विनिता पाण्डे, पछाडी पारिएको विभिन्न जातिका महिलाहरु र यौनिक अल्पसंख्यकको बारेमा शान्ति दनुवार, अपाङ्गता भएको महिलाहरुको सवालमा भिमा खतिवडाले सहजीकरण गरेको हो ।

गाउँपालिका क्षेत्रभित्रका ७ वटै वडाबाट १० जनाको दरले ७० जना भन्दा बढीले सहभागीता जनाएको छ । महिाला सञ्जाल, विभिन्न संघ संस्थामा आवद्ध महिला प्रतिनिधिहरुले सहभागीता जनाएको हो । ६ वटा भागमा विभाजना गरी कार्यक्रम गरेका छन् ।

कानेपोखरी महिला फेडेरेसनको आयोजनामा भएको कार्यक्रममा आईएलओ, ओरेक नेपाल र कानेपोखरी गाउँपालिकाको सहकार्यमा कार्यक्रम भएको ओरेक नेपालका खेमकुमारी दालले बताइन ।

सम्बन्धित खवर