पथरीमा ५० जना ज्येष्ठ नागरीकलाई सम्मान

फागुन २६ गते, पथरी । ज्येष्ठ नागरिक एकता समन्वय केन्द्र पथरीशनिश्चरे नगर समितिले नगरक्षेत्र भित्रका ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ ।

सोमबार समितिको आयोजनामा ८० वर्षमाथिका प्रत्येक वडाबाट ५,५ जनाका दरले ५० जनालाई झर्के थाल, झुल र नगद सहितले सम्मान गरेको थियो ।

नगर उपप्रमुख यमुना विष्ट वास्तोला, नगर उपसचिव शालिग्राम काफ्ले, ज्येष्ठ नागरिक एकता समन्वय केन्द्रका केन्द्रीय उपाध्यक्ष भूवनेश्वर पोखरेल, नगर अध्यक्ष नेत्र दहाल सहितले ज्येष्ठहरुलाई सम्मानित गरेका थिए ।

नगरपालिका कार्यालयको १ लाख रुपैयाँको बजेटमा कार्यक्रम सम्पन्न गरिएको केन्द्रका नगर सचिव रमेश दहालले बताए ।

सम्बन्धित खवर